Logo

४ देशमा श्रम सहचारी नियुक्ती गरिँदै, श्रम क्षेत्रमा १ बर्षको अनुभव चाहिने

४ देशमा श्रम सहचारी नियुक्ती गरिँदै, श्रम क्षेत्रमा १ बर्षको अनुभव चाहिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ जेठ, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालय ४ देशमा श्रम सहचारी नियुक्तीका लागि दरखास्त आब्हान गरेको छ । मन्त्रालयले दक्षिण कोरिया, साउदी अरव, बहराइन र कतारका लागि श्रम सहचारी नियुक्तीका लागि दरखास्त आब्हान गरेको हो ।

यस अघि नियुक्त गरिएका श्रम सहचारीको पदावधि सकिन लागेकाले नयाँ नियुक्तीका लागि दरखास्त आब्हान गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार दक्षिण कोरिया र साउदी अरवमा उपसचिव स्तरको कर्मचारीलाई श्रम सहचारीमा नियुक्त गरिने छ भने बहराइन र कतारमा शाखा अधिकृत तहको कर्मचारी नियुक्त गरिने छ ।

श्रम सहचारीका लागि आगामी १५ दिन भित्र आवेदन दिन सकिने छ । तर, सो पदमा आवेदन दिन श्रम तथा रोजगार मन्त्रालय मातहतका निकायमा न्युनतम १ वर्षदेखि निरन्तर काम गरिरहेको हुनुपर्ने छ । सम्बन्धित देशमा गएर नेपाली कामदारका समस्या समाधान गर्नुपर्ने भएकाले पनि सो अनुभव अनिवार्य गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले बढी नेपाली कामदार भएको मुलुकमा श्रम सहचारी नियुक्ती गर्दै आएको छ । विशेषगरी ५ हजारभन्दा बढी नेपाली कामदार भएका देशमा श्रम सहचारी नियुक्त गर्न सकिने छ ।

labour-notice

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL