Logo

यसरी सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम, चैत्र १ गतेबाट बेरोजगार तथ्याङक संकलन

यसरी सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम, चैत्र १ गतेबाट बेरोजगार तथ्याङक संकलन



काठमाडौं । आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष समारोहबीच सो कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गरिबीबाट माथी उठेको र शिक्षित समाज निर्माण गर्नु पर्ने बताएका छन ।

laxmi

साथै कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टचार मुक्त समाज बनाउन समेत सबैलाई आग्रह गरेका छन । उनले नेपालमा बालबालिका र वयस्कहरुले अपराध गर्दैनन भन्ने सन्देश फैलाउन समेत आग्रह गरेका छन ।

प्रम ओलीले नेपाललाई नैतिकतावान देश निर्माण गर्न भएका थुप्रै प्रयासहरु मध्ये स्वरोजगार पनि एक भएको बताएका छन । कार्यक्रममा बोल्दै प्रम ओलीले कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा केकति कामदार छन त्यसको समेत तथ्याङक अध्यावधिक गर्नु पर्ने बताए ।

देशमा वेरोजगारको संख्या एकिन गर्न आगामी चैत्र १ गतेबाट बेरोजगार दर्ता सुरु गर्ने समेत जानकारी दिएका छन । नेपाल सँधै गरिबीको रेखामुनिनै बस्ने हो भने कहिल्यै विकास हुन सक्दैन । ‘सबैले काम पाउने हो भने गरिबी हुने थिएन’, प्रम ओलीले भने । हामी गरिबीको देश भनेर अहिले चिनिने गर्दछ नेपाल हामी यो पहिचान बदल्न चाहान्छौं ।

रोजगारीको अवस्था कुन क्षेत्रमा कस्तो ब्यक्ति आवस्यक पर्छ त्यसलाई ब्यवस्थित ढङ्गले लैजानु पर्छ उनले भने । नेपाल हिँजो भन्दा आज र आज भन्दा भोली एक कदम अगाडी हुनेछ यो हाम्रो एउटा अभ्यास हुनेछ । प्रम ओलीले विना ज्याला लिएर नहिँडन र आफ्नो लागि मात्रै नभएर परिवारको लागि पनि केही गरेर छाड्ने गरि अगाडी बढनु पर्ने बताएका छन ।

त्यस्तै श्रम मन्त्री गोकर्ण विश्टले नेपालमा श्रमलाई सम्मान गर्न नसकेको बताएका छन । श्रमलाई सम्मान गर्न नसक्नु नै विकासको बाधक भएको छ उनले भने । बजारको माग बमोजिम दक्ष जनशक्ति आपूर्ति गर्नको लागि नै यो रोजगार कार्यक्रम ल्याएको हो ।

एक आर्थिक वर्षमा कम्तिमा पनि १ सय दिनको रोजगारी दिने उद्देश्यले सुरु भएको यस कार्यक्रममा दक्ष युवालाई बैदेशिक रोजगारीमा जान रोक्नुका साथै देश विकासको काममा लगाउने छ मन्त्री विश्टले भने ।

‘सितैमा कसैलाई भत्ता बाँडिँदैन’ यदी कसैले सित्तैमा भत्ता बाँडिन्छ भन्ने लागेको छ भने त्यो भ्रम मात्रै हुनेछ उनले भने । छनौट गरेर काम गर्ने समुहलाई योग्यता र सिपको आधारमा तोके बमोजिम भत्ता दिने हो मन्त्री विश्टले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL