Logo

साना तथा मझौला उद्यम ब्यवसायमा सार्क विकास कोषले सहयोग गर्ने, उद्यम ब्यवसायमा ७४ प्रतिशत रोजगारी

साना तथा मझौला उद्यम ब्यवसायमा सार्क विकास कोषले सहयोग गर्ने, उद्यम ब्यवसायमा ७४ प्रतिशत रोजगारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, सार्क विकास कोष र सार्क उद्योग वाणिज्य संघका बीच साना तथा मझौला उद्यम ब्यवसाय विकासमा सहयोग गर्ने सहमति भएको छ ।

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे, सार्क उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, विकास कोषका प्रमुख कार्यकारी अधिकृत डा. सुनिल मोतिलाल सहभागि रहेको उक्त बैठकले नेपालमा साना तथा मझौला उद्यम ब्यवसायमा सार्क विकास कोषले सहयोग गर्ने भएको हो ।

कोषले सम्भाब्य परियोजनालाई अगाडी बढाउने र नेपालको अर्थतन्त्रमा बढी योगदान रहेको साना तथा मझौला उद्यम ब्यवसायको विस्तारमा सहयोग गर्ने महासंघको धारण पछि सहयोगको प्रतिबद्धता आएको हो ।

करिब ९० प्रतिशत योगदान रहेको सो क्षेत्रमा वित्तिय सहयोकको अभावमा पछि परेको भन्दै आवश्यक रकम सहयोग गर्ने हो भने यो क्षेत्रमा रोजगारी, आयआर्जन वृद्धि, पुँजी निर्माण तथा सरकारको राजस्व वृद्धि हुने सार्क उद्योग बाणिज्यसंघले जानकारी दिएको छ ।

बाणिज्यसंघले ब्यवसायको प्रभावकारी संचालन मार्फत राष्ट्रिय अर्थतन्त्रलाई माथी उठाउन सकिने भारणा राखेको थियो । सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकालले नेपाल लगायत दक्षिण एशियामै सार्क उद्योग वाणिज्य संघको अर्थतन्त्रमा योगदान रहे पनि यो क्षेत्र छायाँमा परेकाले सार्क नेतृत्व र निजी क्षेत्रले गम्भीर भएर लिनु पर्ने सुझाव दिएको छ ।

नेपालमा करिब ७४ प्रतिशत रोजगारी यसै क्षेत्रले दिएको तथ्याङक प्रस्तुत गर्दै नेपालले यस क्षेत्रको विकासको लागि वित्तिय स्रोत ब्यवस्थापन गरिदिन समेत आग्रह गरेका छन ।

दुई देश बीच भएको उक्त भेटमा बाँसमा आधारित ब्यवसाय, र्साक मुलुकका महिला उद्यमीहरुको क्षमता अभिबृद्धि तथा संजाल विस्तार, उर्जाको सहज ब्यवस्था लगायतका विषयमा छलफल भएको महासंघले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL