Logo

माघ २ गतेदेखि काठमाडौंका यी भित्री शहरमा चारपांग्रे गुडाउन नपाइने

माघ २ गतेदेखि काठमाडौंका यी भित्री शहरमा चारपांग्रे गुडाउन नपाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब काठमाडौं महानगरपालिकाका भित्री क्षेत्रमा चारपांग्रे सवारी गुडाउन नपाइने भएको छ । काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउन लागेको हो ।

कामपाको वडाध्यक्षहरुको बुधबार बसेको बैठकले आगामी माघ २ गतेदेखि यस किसिमको नियम लागू गर्ने निर्णय गरेको हो ।

भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासिक तथा पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई समस्या हुने भन्दै यस्तो र पैदलयात्रीलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको बताएको छ ।

कामपाभित्रका वडा नं २५, १८, १७, २७ मा सवारी निषेध गर्न लागिएको हो ।

इन्द्रचोक, मखन, नरदेवी, किलागललगायत भित्री बाटोमा चारपांग्रे गाडीलाई निषेध गर्न लागेको हो । साथै चाँडैनै त्यसको विकल्प पनि खोजिने जानकारी दिइएको छ ।

साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रुहरुको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन ञ्चालन गर्न सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL