Logo

प्रायःजसो नेपाली कपडा नै लगाउछु

प्रायःजसो नेपाली कपडा नै लगाउछु


रामराजा श्रेष्ठ
0
Shares

सुरेश प्रधान 

laxmi

अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघ

बिहान कति बजे उठ्नुहुन्छ ?

विहान ७ वजे ।

त्यसपछि ?

नित्य कर्म पश्चात व्ल्याक टी पिउँछुं । समाचारको लागि टिभी, पत्रिका र ईन्टरनेट चलाउछु । साथै, दिनभरीको कार्यतालिका अनुगमन गरी कार्ययोजना तयार गर्छुं ।

दैनिक कार्यतालिका कसरी बनाउनु भएको छ ?

साप्ताहिकरुपमा कार्यतालिका तय भईसकेको हुन्छ । सोहि अनुरुप बचेको समयलाई समायोजन गरी सदुपयोग गर्ने गरेको छु ।

मनोरञ्जनका लागि ?

घरपरिवारसंग समय विताउनु, सामाजिक सेवामा लाग्नुका साथै टिभी तथा ईन्टरनेटजस्ता सामाजिक सञ्जालमा अपठेट भएर मनोरञ्जन लिन्छु ।

सबैभन्दा मनपर्ने खाना ?

मलाई विशेषगरी नेवारी खाना मन पर्छ । त्यसमा पनि ताईचिन चामलको भातसँग पीरो थलथले मासु, छ्वयला, साधेको हरियो लसुन मेरो सवैभन्दा मनपर्ने खाना हुन् ।

घुम्न मनपर्ने ठाउँहरु ?

म घुम्न रुचाउने व्यक्ति हुँ । अवसर मिलेसम्म देश विदेशका नयाँ ठाउँहरु घुम्छु । मलाई देशभित्र पोखरा र देश बाहिर थाइल्याण्डको बैंकक मनपर्छ ।

मन पर्नुको कारण ?

नयाँ ठाऊ हेर्न र त्यसको वारेमा बुझ्न मन लाग्छ । विशेषगरी पोखरामा माछापुच्छ«े र फेवातालको संगम रमणीय लाग्छ । त्यस्तै समुद्री किनारमा आउने छाल र लहर हेरेर मनोरञ्जन लिन्छु ।

ड्रेसअप कस्तो मन पर्छ ?

मलाई कोट, प्याण्ट र सर्ट मनपर्ने पोसाक हुन् । घरमा बस्दा प्राय हाफ प्याण्ट र टी—सर्ट लगाउन रुचाउछु ।

कुन व्राण्डको कपडा लगाउनुहुन्छ ?

प्रा:यजसो नेपालमा बनेको प्राकृतिक रेशाका कपडाको लुगाहरु लगाउछु । किनकि नेपालमा बनेका प्राकृतिक रेशाका कपडाहरु कुनैपनि विदेशी कपडा भन्दा राम्रो हुन्छ ।

चस्मा पनि लगाउनु भएको छ यो चाहीँ कुन ब्राण्डको हो ?

चश्मा रेवनकै मन पर्छ । पावरवाला चश्माको फ्रेममा भने व्राण्डको ख्याल गर्दिन । उपयोगिता र सजिलोपनालाई बढि ध्यान दिन्छु ।

जेट्स ?

स्मार्ट फोनमा सामसुङ नै पन पर्छ । कम्प्युटर तथा ल्यापटप कम्प्याक तथा एचपी मन पर्छ ।

मन पर्नुको कारण ?

एण्ड्रोइड सिस्टममा अरुभन्दा सामसुङमा धेरै सुविधा छन् । साथै आकार प्रकार चाहना र क्रयशक्तिसंग मिल्ने किसिमको रेन्जमा पाइन्छ । कम्प्युटर र लयापटप कम्प्याक र एचपीको प्रयोग गर्दै आएको छु । यी व्राण्ड अन्यको तुलनामा विश्वसनिय पनि छ ।

तपाईको लक्ष्य ?

सफल व्यवसायी र सफल व्यक्तित्वको परिचय एवं छाप सहित समाजमा स्थापित हुने ।

नयाँ केही व्यवसायिक योजना छन. ?

कृषि, वन्यजन्य, नवीकरणीय उर्जा र सूचना प्रविधिमा आधारित केहि व्यवसाय गर्दैछु ।

व्यवसायिक योजनाका लागि के कस्ता कितावहरु पढ्नुहुन्छ ?

सम्वन्धित विषयका पुस्तक एवं अध्ययन अनुसन्धानका प्रतिवेदनहरु अध्ययन गर्ने गछु । धेरैजसौ ईन्टरनेटवाट नै ज्ञान लिने गरेको छु । यस्तै, संवन्धित विशेषज्ञसँग सल्लाह र सुझाव लिने गरेको छु ।

अन्य व्यवसायीहरुलाई पनि कुनै त्यस्ता किताव पढ्न सुझाव दिनुहुन्छ कि ?

आजको युगमा इन्टरनेट नै सवभन्दा भरपर्दाे सूचनाको स्रोत भएका कारण आ—आप्mनो व्यवसाय सम्वन्धि सूचना इन्टरनेटवाटै लिदाँ ठिक हुन्छ ।

नेपालका उद्योगी व्यवसायीका नराम्रा पक्ष ?

नेपालका प्राय उद्योगीहरुको कमजोरी भनेकै आप्mनो व्यवसाय सम्वन्धि कम ज्ञान राख्नु हो । त्यस्तै वजारको माग वमोजिम परिवर्तित हुन गाह्रो मान्नु, सहभागितामुलक व्यवसायका लागि हिचकिचाहट हुनु, व्यावसायिक व्यवस्थापनमा कम ध्यान दिनु नै नेपाली व्यवसायीका कमजोर पक्ष हुन् ।

सवैभन्दा मन पर्ने उद्योगी ?

नेपाली व्यवसायीमा पद्म ज्योति, विश्व स्तरमा बील गेट्स
सवैभन्दा मनपर्ने व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL