Logo

यी हुन् विश्वकै धनी पत्रकारहरु, जो अर्बौं कमाउँछन् !

यी हुन् विश्वकै धनी पत्रकारहरु, जो अर्बौं कमाउँछन् !


बिजखबर संवाददाता
0
Shares

पत्रकारितालाई शोखको पेशा भनिन्छ । अर्थात यो कमाइका लागि भन्दा पनि आफ्नो रहरले गर्ने काम हो । पत्रकारिताका अनेका परिभाषा बनेका छन् । बनेका अधिकांश परिभाषाले यो कामलाई बढी उत्तरतदायीसहितको भुमिकाका रुपमा ब्याख्या गरेका छन् । आम्दानी यो पेशामा पहिलो प्राथमिकतामा पर्दैन । नेपालजस्तो देशमा त सामान्य आम्दानीको पेशाका रुपमा पत्रकारिता रहेको छ । तर यहिं पेशामा रहेर चर्चासँगै अर्बौ कमाउनेहरु पनि छन् । यहाँ विश्वकै त्यस्ता धनी पत्रकारको परिचय समावेश गरिएको छ । ट्रेण्डआरआरनेटले सार्वजनिक गरेको सन् २०१७ का सबैभन्दा धनी पत्रकारको सुची यस्तो छ ।

एण्डर्सन कुपर, अमेरिका, १० करोड डलर


टेलिभिजन पर्सनालिटी एण्डर्सन कुपर अमेरिकामा निकै रुचाइएका ख्यातीप्राप्त पत्रकार हुन् । अमेरिकी समाचार संस्था सीएनएनमा ‘एण्डर्सन कुपर ३६० डिग्री’ होष्ट गरिरहेका यी पत्रकारको कुल सम्पत्ति १० अर्ब रुपैयाँ(१० करोड डलर)भन्दा माथि छ । उनको बार्षिक कमाइमात्रै करिब डेढ अर्ब(एक करोड १० लाख) रुपैयाँ छ । त्यसो त कुपरका परिवार आफै पनि धनीहरुको सुचीमा छ जो अर्बौंको सम्पत्तिका मालिक पनि हुन् ।
जुलियन असान्ज, अष्ट्रेलिया


गोप्य तथ्य तथा समाचार सार्वजनिक गरेर शक्तिशाली देशलाई नै हैरान बनाइदिएका यी अष्ट्रेलियाका साहसी पत्रकार आम्दानी पनि राम्रो गर्छन् । विकिलिक्सका निर्देशक असान्ज कम्प्युटर ह्याकर पनि हुन् । ह्याकिङको आफ्नो सिपले धेरैको निद्रा यीनले हराइदिएका छन् । आफ्नो अटोग्राफिबाटै १३ करोड रुपियाँभन्दा माथि आम्दानी गरेका यी पत्रकारिता छविका असान्जले विकिलिक्सबाटै ८ करोड ६० लाख डलर अर्थात करिब ९ अर्ब रुपैयाँ आम्दानी गरेका छन् ।
जेम्स मे, ब्रिटेन

बीबीसी च्यानलमा चर्चित मोटर सो ‘टप गियर’का होष्ट जेम्स डेनियल मे डेली मेलमा पनि अटोसँग सम्बन्धित नियमित कोलममा लेख्ने गर्छन् । उनी आफै पनि ग्राण्ड टुरसँग सम्बन्धित काम गर्छन् । प्रविधि र पर्यटनसँग सम्बन्धित उनका टेलिभिजन प्रस्तुतीका पाठक पनि बाक्लै छन् । हँसिलो अनुहारका धनी मे कबिर दुई अर्ब रुपैयाँ सम्पत्तिका मालिक हुन् ।
जेकी गुइरिडो, अमेरिका


‘बोल्ड एण्ड हट’ जेकीका आफ्नै किसिमका फ्यान छन् । पियोर्टो रिकान टेलिभिजनमा मौसमसँग सम्बन्धित समाचार पढ्ने यी पत्रकार दुई सन्तानकी आमा पनि हुन् । चर्चित गायक डन ओमर उनका पति हुन् । अमेरिकाको एचबीसी रेडियोमा पनि काम गरेकी जेकीको सम्पत्ति एक अर्ब रुपैयाँ सम्पत्तिकी मालिक पनि हुन् ।
मिलो यिन्नोपोलस, ब्रिटेन


आफ्नो किताब ‘डेन्जरस‘मार्फत थप चर्चा बटुलेका यी बेलायती पत्रकार मिलो विशेषत प्रविधिसँग सम्बन्धित लेखका कारण पत्रकारितामा ख्यातीप्राप्त छन् । वायर्ड, टेकक्रन्चजस्ता चर्चित साइटमा काम गरिसकेका मिलोसँग ४० करोड रुपैैयाँभन्दा बढी सम्पत्ति छ ।
लिजा मेरि जोयनर


केटीटीभी की यी सुन्दर समाचारवाचिका लिजा एबीसी नेटवर्कमार्फत प्रसारण हुने ‘माइ फेमलि सो’ ले पनि चर्चामा छिन् । कलाकार जोन क्रायरसँग विवाहित यी पत्रकार पनि ४० करोड रुपैयाँ सम्पत्तिको मालिक हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL