Logo

वायुसेवा संचालकलाई पर्यटन मन्त्रीको तीन ‘होमवर्क’, भन्छन ‘तपाईहरु नै भन्नुस म के गरुँ’

वायुसेवा संचालकलाई पर्यटन मन्त्रीको तीन ‘होमवर्क’, भन्छन ‘तपाईहरु नै भन्नुस म के गरुँ’



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले हवाई क्षेत्र सुधारका लागि वायुसेवा संचालकहरुलाई सुझाव पेश गर्न आग्रह गरेका छन् । उनले वायुसेवा संचालकहरुसँगको छलफलमा हवाई क्षेत्र सुधारका लागि थप होमवर्क गरी रायसुझाव पेश गर्न निर्देशन दिएका हुन् ।

laxmi

मन्त्री भट्टराईले वायुसेवा संचालकहरुलाई अहिले भइरहेको इन्धनको मूल्य कसरी घटाउन सकिन्छ सो विषयमा सल्लाह सुझाव दिन आग्रह गरेका छन् ।

आन्तरिक उडानमा हामीले विदेशीलाई जुन मूल्यमा टिकट बिक्री गर्दै आएको छौं त्यसमा के गर्ने, यसले हाम्रो पर्यटन उध्योगलाई कसरी फाइदा पुर्यायो सो विषयमा समेत गृहकार्य गरी सुझाव दिन आग्रह गरेका छन् ।

यसैगरी छलफलमा मन्त्री भट्टराईले फ्लाइङ स्कुलका बारेमा सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा जानु पर्ने बताए । यसरी जाँदा सरकार र निजी क्षेत्र दुबैले लगानी गर्ने भन्दै सोका लागि अरुको भर पर्न नपर्ने बताए ।

सो विषयमा अध्ययन गर्न एउट समिति बनाउन लागेको र हवाई क्षेत्रको सुधार तथा सम्भावनाको विषयमा विस्तृतमा छलफल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL