Logo

स्मार्ट टेलिकमले बुझायो बक्यौता वापतको ३० करोड, बाँकी बक्यौता ३ महिनाभित्र बुझाउने

स्मार्ट टेलिकमले बुझायो बक्यौता वापतको ३० करोड, बाँकी बक्यौता ३ महिनाभित्र बुझाउने



काठमाडौं । स्मार्टसेलले नेपाल दूरसंचार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता वापतको ३० करोड रुपैयाँ तिरेको छ । कम्पनीले कबोल गरेअनुसार म्याद सकिएको अन्तिम दिन आज बुधबार ३० करोड रुपैयाँ तिरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

स्मार्टसेल लगायत अन्य ६ कम्पनीलाई प्राधिकरणले १५ दिने म्याद दिँदै विभिन्न शिर्षकमा प्राधिकरणलाई बुझउन बाँकि रहेको बक्यौता बुझाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुरुप कम्पनीले मंगलबार प्राधिकरणलाई बक्यौता वापतको केही रकम बुझाएको हो ।

कम्पनीले प्राधिकरणलाई विभिन्न शिर्षकमा २ अर्ब ५९ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । पहिलो किस्ता अन्तर्गतको ३० करोड तिरेपनि बाँकी रकम भने कम्पनीले ३ महिनाभित्र बुझाउनु पर्नेछ । प्राधिकरणका अध्यक्ष खनालका अनुसार बाँकी रकम ३ महिनाभित्र कम्पनीले प्राधिकरणलाई नबुझाएमा स्वतः कम्पनीको अनुमतिपत्र खारेज हुनेछ ।

यस्तै साउन मसान्तसम्म अन्तिम म्याद पाएका मध्ये ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसनले पनि बक्यौतावापतको ६५ लाख ९९ हजार १ सय ५२ रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । यस्तै युटिएलले सर्वाेच्चको आदेश ल्याएकाले उसको निर्णय यथावत छ ।

अन्य कम्पनीको केहीको लाईसेन्स खारेज भईसकेको छ भने कुनै कम्पनीले मन्त्रालयमा प्राधिकरणको निर्देशन बदर गर्नुपर्ने माग राख्दै निवेदन दर्ता गराएका छन । हालसम्म विभिन्न शिर्षकमा ६ कम्पनीले प्राधिकरणलाई करिव ४ अर्ब बक्यौता रकम तिर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL