Logo

व्यापार युद्धमा अर्को कथानक, अमेरिकी बस्तुमा कर थप्दै भारत

व्यापार युद्धमा अर्को कथानक, अमेरिकी बस्तुमा कर थप्दै भारत



काठमाडौं । अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धका संकेतबीच भारतले पनि यसमा आफूलाई सहभागि बनाएको छ । भारत सरकारले हालै मात्र अमेरिकाबाट आयात हुने केहि बस्तुमा कर लगाइने निर्णयय गरेको छ । आगामी अगष्ट ४ देखि कार्यान्वयनमा आउने उक्त निर्णय अनुसार एप्पल, वालनट र केहि रासायनिक तथा मेटलका उत्पादनमा कर लाग्नेछ ।

भारत सरकारले यद्यपी अमेरिकाबाट ठूलो मात्रामा आयात हुने मोटरसाइकल खासगरी हार्ले डेभिड्सनमा भने कर नलगाउने भएको छ । यसअघि भारतले विश्व व्यापार संगठनलाई लेखेको पत्रमा उक्त बाइकसहित अमेरिकी उत्पादनमा करिब २४ करोड डलरको कर लगाइने उल्लेख गरेको थियो ।

भारतको भन्सार कार्यालयले ठूला किसिमका मोटरसाइकललाई करको सूचीमा समावेश नगरिएको स्पष्ट पारेकोछ । तर डब्लुटीओलाई लेखिएको पत्रमा समावेश गरिएका अन्य २९ बस्तुमा भने कर लगाउने कार्यालयले जनाएको छ ।

अमेरिकाले सन् २०१६ मा मात्रै ४२ अर्ब डलरको सामान भारतमा विक्रि गरेको थियो । त्यहिं वर्ष भारतले ७२ अर्ब डलरको बस्तु अमेरिका निर्यात गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्ले डेभिड्सनजस्ता बाइकमा भारतले अत्यधिक कर लगाएको बारम्बार आरोप लगाउँदै आएका छन् ।
मोटरसाइकल विना अमेरिकी बस्तुबाट कति कर उठाउने भन्ने विषयमा भने भारत सरकारले स्पष्ट पारेको छैन । भारत र अमेरिकी व्यापार प्रतिनिधि यस विषयमा छलफलका लागि आगामी हप्तादेखि नयाँ दिल्लीमा बैठक बस्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL