Logo

सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, लोकसेवाले खोल्यो ६६ जनाका लागि आवेदन

सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, लोकसेवाले खोल्यो ६६ जनाका लागि आवेदन



काठमाडौं । लोकसेवा आयोगले सामाजिक सुरक्षा कोषमा आवश्यक कर्मचारीका लागि आवेदन माग गरेको छ । आयोगले शुक्रबार एक सुचना जारी गर्दै रिक्त रहेका विभिन्न ६६ पदका लागि आवेदन माग गरेको हो ।

laxmi

आयोगले खुला, आदिबासी, जनजाती मधेसी लगायतका कोटामा छुट्टाछुट्टै आवेदनको माग गरेको छ । आयोगले उक्त पदहरुका लागि आवेदन दिने मिति असार ५ गतेसम्मका लागि तोकेको छ । सामाजिक सुरक्षा कोषमा हाल कर्मचारीको पदपुर्तीका लागि आयोगले तह ४,५, ६, ७ र ८ मा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा प्रत्येक पदको आवेदन दिनका लागि सम्बन्धित विषयमा ज्ञान तथा अनुभव भएको बताईएको छ ।

लोकसेवाको सुचनाका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
MBL