Logo

वैदेशिक रोजगारीबाट फर्किएकालाई सहुलियत ऋण लिन बोलायो प्रवर्द्धन बोर्डले, यस्तो छ प्रक्रिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई सहुलियत ऋण लिन बोलायो प्रवर्द्धन बोर्डले, यस्तो छ प्रक्रिया



काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई सहुलियत ऋण लिन आव्हान गरेको छ । सरकारले ल्याएको सहुलियत कर्जा सम्बन्धी कार्यविधी अनुसार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई आफ्नो ज्ञान र शीप अनुसारको काम चाहेमा ऋण लिन आव्हान गरेको हो ।

उक्त कार्यबिधी अनुसार वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफ्नो शीप अनुसार नेपालमै काम गर्न चाहेमा सरकारले १० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने छ । नेपाल राष्ट्र बैंकले ‘सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५’ गरेसँगै बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलित कर्जा लिन बोलाएको हो ।

उक्त कार्यबिधी अनुसार वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफु रोजगारीबाट फर्किएको प्रमाण र आफुले गर्न चाहने कामको व्यवसायीक प्रपोजलको आधारमा १० लाख रुपैयाँसम्म लिन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL