Logo

शनिवारदेखि कोरियाली भाषा परीक्षा, ८२ हजार परीक्षार्थी सहभागी

शनिवारदेखि कोरियाली भाषा परीक्षा, ८२ हजार परीक्षार्थी सहभागी


रासस
27
Shares

काठमाडौं । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत शनिवारदेखि भाषा परीक्षा हुने भएको छ ।

कुल ८२ हजार २ सय ६४ परीक्षार्थी सहभागी हुने कोरियाली भाषा परीक्षा शनिवार र आईतबार गरी दुई दिनसम्म चल्लने छ ।

परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा परीक्षा सञ्चालन हुने छ । परीक्षामा परीक्षार्थीहरु तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी दिए ।

परीक्षाका लागि काठमाडौँमा १६, ललितपुरमा ८ र पोखरामा ४ परीक्षा केन्द्र तोकिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL