Logo

मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज, भिसा शुल्क पनि खारेज गरिँदै

मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज, भिसा शुल्क पनि खारेज गरिँदै



काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै उक्त शुल्क खारेजका गर्ने जानकारी दिएको हो ।

यस अघि नेपाली म्यानपावर व्यवसायीले नै विभिन्न संस्था खडा गर्दै मलेशियाको रोजगारीमा जाने कामदारसँग भिसा शुल्क बाहेक अतिरिक्त शुल्क बापत १७ हजार रुपैयाँभन्दा बढि रकम लिँदै आएका थिए । तर, सरकारले आज एकतर्फी रुपमा त्यस्ता शुल्क खारेजीको निर्णय गरको हो ।

यस्तै श्रम मन्त्रालयले आगामी दिनमा नेपाली कामदार रोजगारीमा जानका लागि भिसा शुल्क पनि खारेज गर्ने निर्णय गरेको छ । सोका लागि मलेशिया सरकारसँग कुटनीतिक रुपमा पहल गरिने मन्त्रालयले जानकारी दिएको छ ।

सुरुवाती चरणमा मलेशिया सरकारले प्रति कामदार ७ सय रुपैयाँ लिँदै आएको थियो । तर, नेपाली म्यानपावर व्यवसायीले आफ्नो स्वार्थममा मलेशिया सरकारसँग मिलेर प्रतिकामदार ६ हजार ७ सय रुपैयाँ पुर्याएका थिए । यस्तै भीएलएन, वायोमेट्रिक, जीएसजी, माइग्राम्सजस्ता संस्था खडा गर्दै कामदारलाई ठग्दै आएका थिए । तर अबका दिनमा त्यस्ता सबै शुल्क खारेज गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL