Logo

आइएमईको छुट अफर, कस्टुमर कार्डबाट कारोबार गर्दा २० प्रतिशतसम्म छुट

आइएमईको छुट अफर, कस्टुमर कार्डबाट कारोबार गर्दा २० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमइले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहकलाई ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

आइएमईले सेवाग्राहीको सुविधालाई मध्य नजर गर्दै विभिन्न किनमेल केन्द्र तथा रेस्टुराँहरुमा कस्टमर÷प्रिभिलेज कार्डको माध्यमबाट छुटको ब्यवस्था गरेको हो ।

आइएमईको नयाँ व्यवस्था अनुसार वैशाख १९ गतेबाट छुट लागु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार छुटहुने स्थानहरुमाबाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफीलाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजीबजार, भेलोसिटी एरिना र सीमीशो जस्ता स्थानमा सेवा उपलब्ध हुनेछ ।

सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारि गर्नुपूर्व आफुले बोकेको प्रिभिलेज÷कस्टमर कार्ड देखाउनु पर्नेछ ।

कम्पनीले १ सय ६० आइएमई सेन्टर तथा ७ हजार १ सय भन्दा बढी सव–एजेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL