Logo

महासंघ उपाध्यक्ष ढकालले भने, जनचेतना अभावले गर्दा गैर बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्रियो

महासंघ उपाध्यक्ष ढकालले भने, जनचेतना अभावले गर्दा गैर बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्रियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतबाट नेपालमा बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउन सबै सरोकारवालाहरु लाग्नुपर्ने ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाले बताए । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको आयोजनामा भएको भारत–नेपाल रेमिट्यान्सका अवसरहरु विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भित्रिने रेमिट्यान्सलाई बंैकिङ प्रणालीबाट ल्याउन सबै एकजुट हुनुपर्ने बताएका हुन् ।

रेमिट्यान्स कम्पनीहरुको सक्रिय प्रयासपछि डेढ दशक अगाडिको तुलनामा अहिले निकै सुधार आएको उनले जानकारी दिए । तर, जनचेतनाको अभावले गर्दा भारतमा रहेका नेपालीहरुले अझै पनि अनौपचारिक माध्यममार्फत नेपालमा पैसा पठाउने गरेको उनको भनाइ थियो । भारतका बिभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुसंग मिलेर ग्लोबल आइएमई बैंकले रेमिट्यान्स नेपाल पठाईरहेको जानकारी गराउदैे बैकिंङ् प्रणालीमार्फत भारतबाट नेपालमा पैसा पठाउन औपचारिक माध्यमको प्रयोगलाई सम्बद्ध सबैले प्रबद्र्धन गर्नुपर्ने बताए ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका पूर्व राजदूतहरु रञ्जित रे तथा के. भी. राजनले सम्बोधन गर्दै भारत नेपाल रेमिट्यान्समा बैकिंङ च्यानलको ठूलो महत्व रहेको बताए थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL