Logo

मेगा बैंक र रेमिट टू नेपालबीच सम्झौता, यूरोप र खाडीबाट रेमिट्न्यान्स भित्र्याउन सहज

मेगा बैंक र रेमिट टू नेपालबीच सम्झौता, यूरोप र खाडीबाट रेमिट्न्यान्स भित्र्याउन सहज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपालबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । खाडी मुलुक, जापान र युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ ।

उक्त सम्झौतामा मेगा बैंकका डेपुटी सिइओे रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ श्रीचन्द्र भट्टले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स मेगा बैंकका सम्पूर्ण शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, रेमिट टू नेपालको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी समेत लिन सकिनेछ ।

मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा १ हजार ४ सय रेमिट एजेन्ट छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL