Logo

विदेशमा रहेका ९ लाख नेपालीलाई ल्याउदै सरकार, उद्वारका लागि यस्तो छ तयारी

विदेशमा रहेका ९ लाख नेपालीलाई ल्याउदै सरकार, उद्वारका लागि यस्तो छ तयारी



काठमाडौं । सरकारले भारतलगायत अन्य बिभिन्न मुलुकबाट झण्डै ९ लाख नेपालीलाई स्वदेश फिर्ता ल्याउने गरि तयारी थालेको छ । कोरोनाका कारण रोजगारी गुमाएका तथा भिसासमय सकिएका आफनो नागरिक स्वदेश ल्याउन सरकारले गृहकार्य तिब्र बनाएको छ ।

laxmi

जसको व्यवस्थापनका लागि सरकारको कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड १९ विपद् व्यवस्थापन केन्द्र तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन ।

जस अनुसार पछिल्लोपटक भएको छलफल अनुसार परराष्ट्र मन्त्रालयले विदेशमा समन्वय गर्ने, नागरिक उड्डयन मन्त्रालयले जहाज व्यवस्थापन गर्ने र विदेशस्थित कूटनीतिक नियोगले फर्कने नेपालीलाई अद्यावधिक गर्ने छन । जसका लागि गृह मन्त्रालयले स्वदेश फर्कनेका लागि आवश्यक कानुनी प्रक्रियामा सघाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थलमा प्रारम्भिक परीक्षणसहितको व्यवस्था मिलाउने काम गर्नेछ ।

भारतबाट स्थलमार्ग हुँदै र तेस्रो मुलुकबाट आउने करिब नौ लाखसम्म नेपाली नागरिक ल्याउने कार्ययोजना बनेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले जानकारी दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा बस्नै नसक्ने अवस्थामा रहेका नेपालीलाई फिर्ता ल्याउने तयारी सरकारले गरेको बताएका छन ।

उनका अनुसार विदेशमा दुई पक्षीय सहमतिमा श्रम गर्न गएका, उच्च शिक्षा अध्ययन गर्न गएका, विदेशमा कामले वा घुम्न छोटो भिसामा रहेका र गैरआवासीय नेपालीमध्ये आपत्मा परेकालाई फिर्ता ल्याइनेछ । आधिकारिक आँकडा अनुसार ३४ लाख ५९ हजार नेपाली संसारका १०९ देशमा छरिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL