Logo

आयात प्रतिस्थापनमा अर्थमन्त्री खतीवडाको फर्मुलाः स्वदेशी उद्योग संरक्षण, अनावश्यक बस्तु आयातमा कडाई

आयात प्रतिस्थापनमा अर्थमन्त्री खतीवडाको फर्मुलाः स्वदेशी उद्योग संरक्षण, अनावश्यक बस्तु आयातमा कडाई



काठमाडौं । नेपालको बढ्दो व्यापारघाटा न्युनिकरण गर्नका लागि अर्थमन्त्री युवराज खतिवडाले नयाँ फर्मुला सार्वजनिक गरेका छन । आयात प्रतिस्थापनका लागि अर्थमन्त्री खतिवडाले स्वदेशी उद्योगको संरक्षण तथा बाहिरबाट आयात हुने अनावश्यक वस्तुहरुको खपतलाई न्युनिकरण गर्ने बताएका हुन ।

laxmi

बिहीबार भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन सत्रमा बोल्दै उनले आगामी दिनमा अब भन्सार प्रक्रियालाई सहज तरिकाले अघि बढाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन र उद्योगलाई संरक्षण गर्ने नीति लिएको बताएका हुन । सरकार स्वदेशी उत्पादनको भरपुर मात्रामा खपत र यसको उत्पादनका लागि आवश्यक उपकरणहरु आयात गर्न सहजता प्रदान गर्न लागिपरेको जानकारी दिए । सोका लािग अनावश्यक वस्तुको आयातमा कडाई गरिने उनको भनाई छ ।

सरकारले व्यवसायीले भन्सारहरुमा भोग्नु परेको विभिन्न समस्याहरुको न्युनिकरण र सहजतातिर समेत ध्यान दिएको जानकारी दिएका छन । साथै उनले अबका दिनमा नयाँ उद्योग खोली सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्न आग्रह गरे । गत आर्थिक बर्षमा अघिल्ला बर्षहरुको तुलनामा बढि भन्सार भएका बस्तु जस्तै सवारीसाधन लगायतका बस्तुहरुको आयात घटेका कारण राजस्व संकलनमा दवाब सिर्जना भएको उनको भनाई छ ।

‘गत आर्थिक बर्ष पेट्रोलियम पदार्थ, सवारीसाधन, विलासिताका बस्तुहरुमा कडाई गरिएका कारण यसको आयात घट्न गएको छ,’ उनले भने, ‘यी बस्तुहरुको आयातमा कमिका कारण राजस्व संकलनका लक्ष्यका केही दवाब सिर्जना भएको हा ।’

उनले पछिल्लो समय भन्सार कार्यालयहरुको कारोबार बैंकिङ प्रणालीमार्फत गरिने हुँदा भन्सारमा हुने आर्थिक हिनामिनामा समेत सुधार भएको जानकारी दिएका छन । साथै सरकारले अबका दिनमा चीनतर्फको व्यापारलाई प्राथमिकतामा राख्नका लागि विभिन्न स्थानमा सुक्खा बन्दरगाह लगायतका भौतिक पूर्वाधार निर्माणमा जुटेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले खुल्ला बजारमा कालाबजारी ऐनको कुनै आवश्यक नभएकाले र तत्काल खारेजी गर्नु पर्ने बताएका छन् । सरकारका सबै खालका निर्णयहरु मान्न तयार भएपनि २०३३ सालदेखिको पुरानो कालाबजारी ऐनले व्यबसायीलाई असहजता सिर्जना गरेको भन्दै यसलाई तत्काल खारेज गर्नुपर्ने बताएका हुन् ।

भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले २ दिनसम्म चल्ने उक्त गोष्ठीमा भन्सारसम्बन्धी भएका कामहरु, यसका चुनौतीहरु, चालु अर्थिक बर्षमा गर्ने नयाँ तर्जुमाका बारेमा छलफल हुने जानकारी दिएका छन । उनले हालसम्म विभिन्न भन्सार कार्यालयहरुको कारोबार बैंकिङ प्रणालीमा गएको बताउँदै कञ्चनपुर भन्सार कार्यालयलाई पनि आगामी आईतबार एनआईसी एशियासँग सम्झौता गरी अनलार्यन प्रणालीमा लगिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL