Logo

विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व, मुअक पनि लक्ष्यभन्दा बढी

विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व, मुअक पनि लक्ष्यभन्दा बढी


रासस
108
Shares

काठमाडौं । विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा
३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आवमा ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा ५ दशमलव ०२ प्रतिशत बढी उठाएको छ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा १३ अर्ब ८५ करोड २४ लाख राजस्व संकलन गरिएको छ ।

यसैगरी, मूल्यअभिवृद्धि करतर्फ १३ अर्ब २२ करोड ५७ लाख उठाउने लक्ष्य रहेकोमा १७ अर्ब ५३ करोड १३ लाख राजस्व संकलन गरिएको छ ।

यस्तै, अन्तःशुल्कको वार्षिक लक्ष्य ४ अर्ब ५६ करोड ९९ रहेकोमा १ अर्ब ४२ करोड ८८ लाख राजश्व संकलन भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL