Logo

३ बर्षसम्म लगातार नेपालको जीडीपी घट्ने विश्व बैंकको प्रक्षेपण, यो बर्ष ४.६ प्रतिशतमा सिमित

३ बर्षसम्म लगातार नेपालको जीडीपी घट्ने विश्व बैंकको प्रक्षेपण, यो बर्ष ४.६ प्रतिशतमा सिमित



काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आगामी ३ बर्षसम्म लगातार घट्ने प्रक्षेपण गरेको छ । विश्व बैंक मुख्यालयले आइतवार एक विज्ञप्ती सार्वजनिक गर्दै नेपालको आर्थिक बृद्धिदर अघिल्लो बर्षको भन्दा २ दशमलव ९ प्रतिशतले घट्ने प्रक्षेपण गरेको हो ।

सरकारले आगामी बर्षहरुमा देशको आर्थिक बृद्धिदर दोहोरो अंकमा हुने उदघोष गरिरहँदा विश्व बैंकले भने अझै घट्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । जबकि नेपाल सरकारले यो बर्ष नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको छ भने केही समयअघि एसियाली विकास बैंकले पनि ४ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकका अनुसार सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर ७ दशमलव ५ प्रतिशत रहेकोमा त्यस पछिल्ला ३ बर्षहरुमा लगातार घट्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकका अनुसार नेपालको आर्थिक बृद्धिदर आगामी आर्थिक बर्ष अर्थात सन् २०१९ मा चालू आबको भन्दा घट्दै ४ दशमलव ५ प्रतिशतमा खुम्चिने अनुमान लगाएको छ । जबकि सरकारले आगामी आवमा न्युनतम दोहोरो अंकको अर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । यसैगरी सन् २०२० अझै घटेर ४ दशमलव २ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

नेपालको राजनीतिक स्थिरतासँगै देश आर्थिक समृद्धितिर जाने लक्ष्य रहेकोमा विश्व बैंकले भने आगामी ३ बर्षसम्म लगातार घट्ने प्रक्षेपण गरेको छ । तराइको बाढी तथा घट्दो रेमिटान्सले नेपालको आर्थिक बृद्धिदर घट्ने प्रक्षेपण विश्व बैंकले गरेको हो । यसका साथै बढ्दो ऋणले पनि नेपालको आर्थिक वृद्धिदर खस्कने विश्व बैंकको अनुमान रहेको छ । विश्व बैंकले नेपालको श्रम बजारमा ३५ हजार जनशक्ति थपिने जानकारी दिँदै राजगारी दिनको लागि वार्षिक २ लाख ४० हजार थप रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL