Logo

आजलाई पनि टर्यो श्वेतपत्र आउने हल्ला, अब कहिले आउला ?

आजलाई पनि टर्यो श्वेतपत्र आउने हल्ला, अब कहिले आउला ?


बिजखबर संवाददाता
702
Shares

काठमाडौं । नयाँ सरकार गठनसँगै ल्याउने भनिएको श्वेतपत्र आउन पनि नआउने भएको छ । आज पनि श्वेतपत्र नआउने निश्चित जस्तै भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार रामशरण खरेलले जानकारी दिए ।

केही प्राविधिक समस्याका कारण आज श्वेत पत्र नल्याइने समेत उनले जानकारी दिए । ‘मन्त्रालयले आज श्वेपत्र ल्याउने भनेर निश्चित त गरेको थिएन,’ उनले भने, ‘तर, आज नआएपनि यो हप्तामा भने जसरी पनि ल्याइने छ ।’

सरकारले आज ल्याउने श्वेतपत्रले सेयर बजारलाई संबोधन गर्ने भनेर हल्ला फैलाइए पनि त्यो हल्ला अझै केही दिनलाई पर धकेलिएको छ । सरकारले ल्याउन लागेको श्वेतपत्रले देशको अहिलेको आर्थिक अवस्था र सरकारको अल्पकालिन दिशा निर्देशन गर्ने छ । सरकारले केही समयभित्रै नीति तथा कार्यक्रम ल्याउने भएकाले हाल ल्याउन लागिएको श्वेतपत्रले नीतिगत रुपमा धेरै परिवर्तन नल्याउने समेत खरेलले जानकारी दिए ।

श्वेतपत्रमा नीतिगत विषयमा स्पष्टता ल्याई हाल देखिएको अर्थतन्त्रका मुख्य मुख्य विषयबस्तुलाई समेटिने भएको छ । विशेषगरी बजारमा देखिएको तरलता अभाव, आयोजना निर्माणका सम्बन्धमा देखिएको विकृति तथा नयाँ योनजाका विषयमा श्वेतपत्रले समेट्ने छ । श्वेतपत्रमा समेट्नका लागि धेरै विषयबस्तु आएको भएता पनि केही समपछि सरकारले नीति तथा कार्यक्रम ल्याउने भएकाले अहिले सबै विषयबस्तु नसमेटिएको समेत अर्थ स्रोतले जानकारी दिएको छ ।

तरराज्यले आफ्ना नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षाका विषयमा श्वेतपत्रले केही परिमार्जन सहित नयाँ कार्यक्रम ल्याउने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL