Logo

घरजग्गा र सेयर प्रति अर्थमन्त्रीको पुरानै अडान, भन्छन् ‘यो अनुत्पादक क्षेत्र हो’

घरजग्गा र सेयर प्रति अर्थमन्त्रीको पुरानै अडान, भन्छन् ‘यो अनुत्पादक क्षेत्र हो’


बिजखबर संवाददाता
4.8k
Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा र सेयर बजार प्रति आफ्नो पुरानै अडान दोहोर्याएका छन् । उनी राष्ट्र बैंकको गभर्नर हुँदा घरजग्गा र सेयर कारोबार अनुत्पादक भन्दै कडाई गरेका थिए । साथै अर्थमन्त्री भएपछि पनि त्यसलाई अनुत्पादक क्षेत्रमै राखी कडाई गरिने बताएका हुन् । घरजग्गा तथा सेयर कर्जा जस्ता क्षेत्रमा सिमा तोक्ने अधिकार राष्ट्र बैंकको भएपनि सरकारले समग्र अर्थतन्त्रलाई सहज हुनेगरी नीति नियम बनाउने बताए ।

रेमिट्यान्स भित्र्याएर मात्रै देशमा देखिएको तरलता समाधान नहुने भन्दै त्यसका लागि अन्तरराष्ट्रिय बजारबाट पूँजी भित्र्याउनु पर्ने बताए । साथै त्यसरी भित्रिएको पूँजी घरजग्गा, सेयरबजार, अटो तथा अन्य फजुल खर्चमा उपभोग गर्न नहुने उनको भनाइ थियो ।

यसैगरी राजस्व बृद्धिका लागि बुधबारदेखि नै भन्सार नाकाहरुमा कडाई गर्न निर्देशन दिइसकेको उनले बताएका छन् । ‘अबका दिनमा भन्सार नाकाबाट विवरण, मूल्य, कोड तथा परिमाणका आधारमा फरक भएर सामान नेपाल भित्रन दिइने छैन,’ बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिँदै डा. खतिवडाले भने, ‘यदि कुनै कर्मचारी तथा व्यवसायीले त्यसलाई छलेर सामान भित्र्याउन खोज्छन् भने हदैसम्मको कारबाही गरिनेछ ।’

तर, उनले सरकारले आफ्ना नागरिकलाई सामाजिक क्षेत्रमा गर्ने खर्च भने अनुत्पादनक नभएको बताएका छन् ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL