Logo

यस्ता छन् ७.२ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने आधार !

यस्ता छन् ७.२ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने आधार !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/७५ मा ७ दशमलव २ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्नसक्ने आधारहरु प्रस्तुत गरेको छन् ।

संघीय संरचनामा बजेट आएसँगै स्थानीय तहमा आर्थिक क्रियाकलाप बढ्ने र जसले गर्दा उच्च आर्थिक बृद्धि प्राप्त हुने बताए । यसैगरी अबका दिनमा भुकम्पपछिको पुनर्निमाणका कामले तिब्रता पाउने, राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा सुधार तथा कृषि क्षेत्रका कार्यक्रमहरुको कार्यान्वयनले गर्दा लक्ष्य अनुरुप आर्थिक बृद्धि हासिल गर्न सकिने बताए ।

यसैगरी, बजेटमा ऊर्जा क्षेत्रमा दिइएको प्राथमिकताले उद्योग रु सेवा क्षेत्र विस्तार गर्न सहयोग पुग्ने, यातायात सञ्जालको विस्तारले आर्थिक क्रियाकलाप विस्तार गर्न र विकास लागत घट्न गई उच्च आर्थिक बृद्धि हासिल हुने महराको दाबी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL