Logo

अर्बपति बिल गेट्सको नजरमा अमेरिकामा कोरोना प्रकोप, अर्थतन्त्र ड्यामेजको खतरा

अर्बपति बिल गेट्सको नजरमा अमेरिकामा कोरोना प्रकोप, अर्थतन्त्र ड्यामेजको खतरा



काठमाडौं । माईक्रोसफ्टका मालिक बिल गेट्स हाल विश्वका धनिमध्य तेस्रो स्थानमा पर्छन । १ सय ७ बिलियन अमेरिकी डलरका मालिक उनी हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले केहिदिन अघि एक अन्तरराष्ट्रिय संचारमाध्यममा गरेको भनेको कुराको सारसंक्षेप :

laxmi

अमेरिकामा पनि विस्तारै विश्व महामारीको कालो बादल मडारीरहेको छ । अमेरिकाले भने आफ्नो अर्थतन्त्र ड्यामेज हुनबाट जोगाउन लकडाउनको चपेटालाई भने मिस गरेको छ । यो समय भनेको हामीले सोचेभन्दा धेरै पछाडी छ । कतिखेर के आईपर्छ कसैलाई थाहा छैन । हाल ३ जनामा १ जना अमेरिकी नागरिक मात्रै घरमै बस्ने नियमलाई पालना गरेका छन् । लकडाउनको अवस्था भने आगामी ६ देखि १० हप्तासम्म्का लागि आवश्यक छ ।

यो अर्थतन्त्रका लागि भयानक भद्रगोलपुर्ण समस्या हो । तर यो केही समयका लागि मात्रै हो । केही समयपछि पुनः पहिलेकै अवस्थामा पुग्ने हो । तर यस्तै अवस्था केही हप्तासम्म अझै चलेमा देशको अवस्था अझै अप्ठ्यारो अवस्थामा पुग्नेछ ।

मानिसहरुलाई बजारमा गएर कुनै बस्तु खरिद गर्नुस भन्न अप्ठ्यारो भएको छ । यसले गर्दा अमेरिकाको कुल ग्राहस्थ उत्पादनमा ठुलो ह्रास आउने देखिएको छ । हाल मानिसहरुलाई आफ्नो जिविकोपार्जन तथा दिन विताउन समेत कठिनाई भएको छ ।

महामारी फैलिईरहेको अवस्थामा देशले कोरोनाका विरामीको सुक्ष्म ढंगले अध्ययन गर्नुपर्छ । अमेरिकालगायत अन्य विकशित राष्ट्रहरुको समन्वयमा आफु बच्दै गरिव राष्ट्रहरुलाई सहयाग गर्नु जरुरी छ ।

हामीले हालसम्म यसको समाधान पत्ता लगाईसकेका छैनौं । यसको समाधानका उपाय निकाल्नु नै अहिले विश्वको लागि एक विशेष काम हुनसक्छ । हामीले यसका लागि भन्दै हाम्रो बील एण्ड मेलिण्डा कोषमा १ करोड डलर सहयाग गरेका छौं । विभिन्न विज्ञहरुले पनि यसको समाधान धेरै जटिल रहेको बताईरहेका छन ।

हामीले हाम्रै लागि सम्झेर सरकारले चालेका कदमको फलो गर्नुपर्छ । हामीले सरकारले लागु गरेको लकडाउनलाई सह्राहनीय ठानेर घरभित्रै बसिदिनुपर्छ । यसले केही मात्रामा असर पारेपनि भविष्यका लागि राम्रै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL