Logo

बढ्दै सडक दुर्घटना, दुर्घटना न्युनिकरण गर्न आगामी दशक ८७ करोड डलर खर्चिनुपर्ने

बढ्दै सडक दुर्घटना, दुर्घटना न्युनिकरण गर्न आगामी दशक ८७ करोड डलर खर्चिनुपर्ने



काठमाडौं । नेपालमा हुने सडकसम्बन्धी दुर्घटनाका समस्या समाधानका लागि अबको दशकमा ८७ करोड ९० लाख डलर खर्च गर्नुपर्ने भएको छ ।

विश्व बैंकले बिहीबार स्टकहोममा सार्वजनिक गरेको दक्षिण एशियामा सडक सुरक्षा सम्बन्धी प्रतिवेदनमा भुटान, भारत बंगलादेश तथा नेपाललगायतका देशमा सडक सुरक्षामा बढी लगानी नहुनु नै सडक दुर्घटनाका कारक भएको उल्लेख गरेको हो ।

प्रतिवेदनअनुसार दक्षिण एशियाका यी देशहंरुले आगामी दशकमा भरपुर मात्रामा लगानी गर्नुपर्ने छ । प्रतिवेदनका अनुसार नेपालमा सन २००० को तुलनामा सन २०१८ सम्म सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या प्रति १ हजारमा ८ दशमलव ५९ ले वृद्धि भएको छ ।

‘पछिल्लो समय दक्षिण एशियामा व्यक्तीगत रुपमा सवारीसाधन किन्नेहरुको भिड छ, जुन ट्राफिक जाम र दुर्घटनाको प्रमुख कारक हो,’ विश्व बैंक दक्षिण एशियाका प्रमुख हार्टिवग साफरले भने, ‘यस्तै नेपाललगायतका देशमा आफ्ना जनताको सुरक्षाको निम्ति धेरै काम गर्नुपर्ने देखिन्छ ।’

नेपालका केही ठुला तथा साना सडकहरु मानिसलगायत अन्य जनावरहरुका लागि पनि उत्तिकै असुरक्षित भएको प्रतिवेदनमा उल्लेख छ । नेपाल, बंगलादेश र भारतमा प्रतिबर्ष प्रतिकिलोमिटर ० दशमलव ३ देखि ३ प्रतिशतसम्म दुर्घटनाको दर बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL