Logo

सन् २०२० मा सुस्त आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण, विकासशील राष्ट्रहरुलाई असर

सन् २०२० मा सुस्त आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण, विकासशील राष्ट्रहरुलाई असर



काठमाडौं । गत बर्ष सन २०१९ मा २ दशमलव ४ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन २०२० मा २ दशमलव ५ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

यस्तो सुस्त गतिको आर्थिक विकासले विकासशील राष्ट्रलाई भने केही असर पर्ने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकका अनुसार विकासशील राष्ट्रहरुको अर्थिक वृद्धिदर सुस्त भएकाले नै पुरै विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त देखिएको हो ।

तर, गत बर्ष सबैभन्दा न्यून आर्थिक वृद्धि भएका केही बलिया राष्ट्रहरुको यो बर्ष भने झिनो सुधार आएको छ । यो बर्ष ब्राजिलले भने आर्थिक वृद्धिमा अलि धेरै ने फड्को मार्नुपर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । अर्जेन्टिनाको आर्थिक वृद्धिमा पनि केही सुधार हुने देखिन्छ ।

विश्व बैंकका अनुसार यो बर्ष ईरानको आर्थिक गिरावट रोकिएर सन २०२१ मा आर्थिक वृद्धिको बाटोमा लाग्नेछ । तर यसका लागि ईरानले आफ्नो अर्थव्यवस्था मजबुत पार्नुपर्नेछ भने पछिल्लो समय भईरहेको राजनितिक द्वन्दको समेत अन्त्य गर्नुपर्नेछ ।

पछिल्लो समय ईरानले भड्काएको द्धन्दले मध्यपूर्वी क्षेत्रको आर्थिक अवस्थालाई नकारात्मक असर पार्ने देखिन्छ । उक्त द्धन्दले तेलको मुल्यमा भने ठुलो असर पार्ने विश्व बैंकका अर्थशास्त्रीहरुले बताएका छन । यस अघि पनि विभिन्न समय द्वन्दकै कारण मध्यपूर्वी क्षेत्रमा तेलको मूल्यमा वृद्धि हुन गरेको थियो ।

विश्वको आर्थिक वृद्धिको अर्काे बाधा भनेको व्यापारिक तनाव हो । विश्व बैंकको रिपोर्टमा अमेरिका र चीनबीचको व्यापार तनावमा भने केही सकारात्मक स्थिति आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL