Logo

गाँजालाई किन बैधानिक बनाउन चाहन्छन् रामदेव ?

गाँजालाई किन बैधानिक बनाउन चाहन्छन् रामदेव ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विभिन्न आयुर्वेदीक उत्पादन बजारमा ल्याएर भातरका चर्चित व्राण्डलाई नै चुनौती दिएका योग गुरु रामदेवले नयाँ अवधा।णा अघि सारेका छन् । यसैक्रममा रामदेबको पतञ्जली आयुर्वेदले अव भारतमा गाँजाको उपयोगबारे विचार अघि सार्न लागेका हुन् ।

त्यसो त भारतका केहि राजनितिज्ञहरुले मेरीजुवानाको गाँजा अनुसन्धान तथा यसको वैधानिकरणलाइ समर्थन गरेपछि पतञ्जलीले यसको औषधिय तथा औद्योगिक क्षेत्रमा अनुसन्धान थालेको देखिन्छ ।

पतञ्जलीका मुख्य कार्यकारी बालकृष्ण आयुर्वेदमा प्राचिन कालदेखि औषधिय उद्देश्यले गाँजाको उपयोग गरीँदै आएको उदाहरण दिन्छन् । साथै पतञ्जलीले पनि गाँजाको सकारात्मक प्रयोग तथा यसको फाइदाको वारेमा विचार गर्न विभिन्न ढाँचा तयार पार्ने बताउँछन् ।
हाल हरीद्धारको पतञ्जली अनुसन्धान तथा विकाश केन्द्रमा २ सय जना बैज्ञानिकको समुहले २ सय प्रकारका भारतिय बुट्यानको औषधिय प्रयोग तथा यसका फाइदा बारे अध्ययन गरिरहेका छन् ।

पतञ्जलीले अर्थशास्त्रीहरुको अवधारणालाई मात्र होइन टुथपेस्ट, फेस वास, हेयर ओइल, डिटर्र्जेन्ट जस्ता विभिन्न वहुराष्ट्रिय कम्पनीलाइ चुनौति दिदै आएको छ । यद्यपी भारतमा गाँजाको प्रयोगलाई अबैधानिक मानिदै आएको छ ।

भारतमा गाँजा अत्याधिक नियन्त्रित पदार्थ हो । पतञ्जली आफ्नो योजना पश्चिमी देश जहाँ गाँजालाइ वैधानिक रुपमा हेरीन्छ त्यहां पनि राख्न चाहान्छ । भारतले गाँजाको अर्थव्यवस्थालाइ अझसम्म पहिचान गर्न नसकेको उनको दाबी छ ।

अमेरीकाका केहि स्टेटहरु जहाँ गाँजालाइ वैधानिक रुपमा हेरिन्छ त्यहाँ ८ अर्वको अर्थव्यवस्था गाँजामा अडिग छ ।

त्यसैगरी गाँजालाइ औषधिको रुपमा हेरिएको क्यानडामा कुल ग्राहस्थ उत्पादनको ० दशमलव २ प्रतिशत गाँजाको व्यापारले ओगट्छ ।
बालकृष्णले भने, ‘पश्चिमी बजारमा गाँजाको बोट बाट रेसादार कपडा तथा यसको बियाँलाइ तेल उत्पादनमा प्रयोग गरिन्छ । यसरी नै हामी पनि यसभित्र रहेको नसालु पदार्थलाइ निकाली यसको प्रयोग गर्नेछौ ।

हाल इजरायलको एक अनुसन्धानका अनुसार सीडो, दिल्ली, र मुम्वइ गाँजा खपतका दश उच्च शहरमध्ये एक हुन ।’

टिइडिएक्सको कार्यक्रममा बोल्दै बालकृष्णले भारतमा यसलाइ वैधानिक बनाउन, व्यापार वढाउन तथा रोजगारी सृजना गर्न यसको स्थापना गर्न लागेको प्रस्ट पारे ।
बालकृष्ण्का अनुसार यसमा अनुसन्धान पहिलेदेखि नै हुंदैछ, यो स्वास्थ्यका लागी निकै राम्रो छ ।

तर यसको वियाँमा नशालु पदार्थ हुने भएकोले वियाँ बाट बन्ने तेलको नशालु पदार्थ निकालेर मात्र प्रयोग गर्नु पर्ने छ ।

उनले भने ’यसको बियाँ सबैभन्दा उपयोगी छ, यसका रेसाहरु कपडा बुन्न प्रयोग गरीनेछन, यसको नियन्त्रीत खेतीबाट भारत नयाँ उद्योग संचालन गर्न सक्छ । हामी यसलाइ अपराधिक भनेर हाम्रो पुर्ण व्यापारलाइ नकार्दै छौ ।’ अनुवाद- इण्डिया टाइम्स

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL