Logo

कुलमानको आक्रोश, लोडसेडिङका दलालहरुलाई प्राधिकरण नाफामा गएको पचेन

कुलमानको आक्रोश, लोडसेडिङका दलालहरुलाई प्राधिकरण नाफामा गएको पचेन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणकै केहि कर्मचारीहरुले आफ्नो र प्राधिकरणको कुप्रचार गरेको प्रवन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन । उनले प्राधिकरण पछिल्ला केहि बर्षमा विभिन्न अवरोधहरु पार गर्दै नाफामा गएको र शक्तिशाली प्राधिकरण भएको केहि कर्मचारी तथा ठुला भनाउँदाहरुले देख्न नसकेको आरोप लगाएका हुन । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राधिकरणलाई धेरै प्रसङ्गहरुसँग जोड्दै केहि मिडीया तथा बाहिर नराम्रा कुराको प्रचार गरिएको बताएका हुन ।

laxmi

उनले प्राधिकरणले आगामी ४ बर्षभित्रमा नेपालका हरेक नागरिकलाई विद्युत उपलब्ध गर्नेगरी काम गर्दै तथा सक्ने जती काम गर्ने भएपनि सोहीअनुसार फसाईँदै गरेको बताएका हुन । ‘हिजो विभिन्न बहानामा लोडसेडिङको नाटक गर्नेहरु सलबलाएका छन,’ उनले भने, ‘प्राधिकरण नाफामा गएको उनीहरुलाई देखिसक्नु छै्रन, प्राधिकरण नाफामा गएको कुरा पचेकै छैन ।’ प्राधिरणभित्रका विभिन्न कुराहरुलाई प्राधिकरणकै पाँचौ तहका केही व्यक्तीहरुले बाहिर अनार्गल प्रचार गरेको आरोप लगाएका छन ।

‘मिटिङ भत्ता मात्रै ६० लाख लिएको भनिएको छ तर यो असत्य हो,’ मलाई अघिल्लो बर्ष सरकारले नै मेरो कार्यक्षमता हेरेर मासिक २ लाख रुपैयाँ ईन्सेन्टीभ दिएको थियो यही पैसालाई अकुत पैसा कमायो भनिएको हो ।’ उनले हालसम्म मिटिङ भत्ता मात्रै जम्मा ६ लाख रुपैयाँ खाएको जानकारी दिएका छन ।

हालसम्म प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट सप्लाई लिईरहेका ग्राहकहरुको संख्या हाल २ सय ९८ रहेको छ जुनल औद्योगिक, व्यापारिक तथा गैह्र व्यापारिक वर्गका ग्राहकले लिईरहेका छन । जसमा १ सय ८४ ग्राहकलाई प्रिमियमसहितको महशुल दर लिईहेको प्रबन्ध निर्देशक घिसिङले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL