Logo

भेनेजुयलामाथि अमेरिकी प्रतिबन्धको प्रभाव, अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि, नेपालमा कस्तो प्रभाव पर्ला ?

भेनेजुयलामाथि अमेरिकी प्रतिबन्धको प्रभाव, अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि, नेपालमा कस्तो प्रभाव पर्ला ?



काठमाडौं । अमेरिकाले भेनेजुयलामाथी थप आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा प्रभाव परेको छ ।

गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणा गरेको थियो ।

‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २ दशमलव ९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १ दशमलव ९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत हप्तादेखि नै अमेरिका लगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ ।

गत जनवरी २५ सम्म तेलको मूल्यमा सामान्य कमी देखिएको थियो । अघिल्लो हप्ता तेलको कच्चा पदार्थ, डब्लुटिआई मा ० दशमलव २ प्रतिशत र ब्रेन्टमा १ दशमलव ७ प्रतिशतको कमी आएको थियो । अघिल्लो हप्ताको अन्त्यमा डब्लुटिआईको मूल्य प्रति ब्यारेल ५३ दशमलव ६९ अमेरिकी डलर र ब्रेन्टको मूल्य प्रतिव्यारेल ६१ दशमलव ६४ अमेरिकी डलर कायम भएको थियो ।

तर गत हप्ताको सोमबार डब्लुटिआईमा १ दशमलव ७० अमेरिकी डलर कमी आई प्रति ब्यारेल ५१ दशमलव ९९ अमेरिकी डलर र ब्रेन्टमा प्रतिब्यारेल १ दशमलव ७१ अमेरिकी डलरको कमी आई ५९ दशमलव ९३ प्रतिशत कायम भएको थियो ।

तर मङ्गलबार राष्ट्रपति मदुरोलाई दवाव दिन काराकासको तेलको निर्यातलाई नियन्त्रण गर्न अमेरिकाले भेनेजुयलाको राज्यद्वारा सञ्चालित तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा ग¥यो जसको प्रभाब गत साता देखि नै अमेरिकी राष्ट्रहरूमा तेलको मूल्यमा वृद्धि भएको हो ।

पछिल्लो परिवर्तनपछि तेलको कच्चा पदार्थ डब्लुटिआईमा १ दशमलव ३२ प्रतिव्यारेल अमेरिकी डलर वृद्धि भई ५३ दशमलव ३१ डलर कायम भएको छ भने ब्रेन्टमा १ दशमलव ३९ को वृद्धि भई ६१ दशमलव ३२ कायम हुन गयो । तर यो क्रम निरन्तर रहँदा डब्लुटिआइ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २ दशमलव ९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १ दशमलव ९ प्रतिशतले वृद्धि गर्ने बताइएको हो । रासस/एएफपी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL