Logo

पानी सोस्ने ब्लक ल्याउँदै गोर्खा प्रिकाष्ट एण्ड विण्डोर, माघ देखी उत्पादन थाल्ने

पानी सोस्ने ब्लक ल्याउँदै गोर्खा प्रिकाष्ट एण्ड विण्डोर, माघ देखी उत्पादन थाल्ने



काठमाडौं । गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले पानी सोस्ने ब्लकको उत्पादन गर्ने भएको छ । कम्पनीले हाल चीनबाट मेशिन तथा इन्जिनियरहरु ल्याई जडान कार्य गरिरहेको र अबको करिब २ हप्ता पछि उत्पादन सुरु गर्ने जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर राजन दुवालका अनुसार चिनियाँं इन्जिनियरहरुलाई नेपाल भित्राई मेशिन जडान गर्ने काम भइरहेको छ । ‘एकहप्ताभित्र मेशिन जडानको काम सकिन्छ, कार्यकारी अधिकृत दुवालले भने, ‘अर्के एक हप्ता परीक्षण उत्पादन गर्छाै र अर्काे हप्ताबाट बजारमा पठाउने गरी उत्पादन गर्नेछौ ।

कम्पनीले उत्पादन गरेका ब्लक हाल नेपालमा प्रयोग भइरहेको भन्दा भिन्न प्रकारको उत्पादन हुने कम्पनीको दाबी रहेको छ । उत्पादन गर्न लागिएको व्लकले आकासे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्ने कम्पनीको दाबी रहेको छ ।
व्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइने छ । जस्ले गर्दा उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिंङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ ।

आकाशको पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरुमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिंगको पानी धेरै गहिराइमा पुगेको हो । यदि यो पानी सोस्ने व्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निस्कने विज्ञहरु बताउँंछन् । कम्पनीका अनुसार ‘चीनको विभिन्न सहरहरुमा गरिएको परीक्षण पछि नेपालमा उक्त प्रविधि भित्राउन लागेको हो ।’

व्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भारबहन गर्न सक्ने मोटाई र स्टेन्ठ हुने कम्पनीले जानकारी दिएको छ । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ कम्पनीले उत्पादन गर्न लागेको यो व्लक उत्पादनमा कुनै पनि प्रदूषणयुक्त उर्जा प्रयोग नहुने कम्पनीले जानकारी दिएको छ ।

स्वदेशी कच्चा पदार्थबाट निर्माण गरिने उक्त व्लकको उत्पादन आवश्यकता अनुसार फरकफरक आकार र रंगहरुमा पाइने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL