Logo

सिरहामा एक वर्षमा १ हजार उद्योग दर्ता, ५० प्रतिशत हिस्सा उत्पादन मुलक क्षेत्रको

सिरहामा एक वर्षमा १ हजार उद्योग दर्ता, ५० प्रतिशत हिस्सा उत्पादन मुलक क्षेत्रको


रासस
0
Shares

काठमाडौं । सिरहामा आर्थिक वर्ष २०७४÷७५ मा १ हजार ११ उद्योग दर्ता भएको छन ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४÷७५ मा उत्पादनमूलक उद्योग २ सय ६०, सेवामूलक उद्योग ५ सय ५४ र कृषि तथा वनजन्य उद्योग १ सय ९७ नयाँ साना तथा ठूला उद्योग दर्ता भएका छन । गत आवमा ८ सय ४२ वटा उद्योग दर्ता भएका थिए ।

जिल्लामा उत्पादन उद्योग १ हजार ३ सय ३८, कृषि तथा वनजन्य उद्योग ६ सय ६१ र सेवा उद्योग २ हजार ७ सय ७० गरी घरेलु तथा साना उद्योगको संख्या ४ हजार ७ सय ६९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मी पौडेलले जानकारी दिएका छन ।

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको उनको भनाई रहेको छ ।

आव २०७४÷७५ मा ६ सय १२ उद्योगको नवीकरण र ९ वटा उद्योगको नामसारी गरिएको छ भने गत आवमा नयाँ उद्योग दर्ताबाट ५१ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL