Logo

इपीसीएफ मोडलमा ७५ मेवाको त्रिशुली गल्छी जलविद्युत आयोजना, चीनको पौने १० अर्ब लगानी

इपीसीएफ मोडलमा ७५ मेवाको त्रिशुली गल्छी जलविद्युत आयोजना, चीनको पौने १० अर्ब लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । त्रिशुली गल्छी जलविद्युत आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।

उक्त आयोजना निर्माणका लागि चीनको सिचुवान प्रान्तको राजधानी छेदुङ स्थित डोङफाङ इलेक्ट्रिक कर्पोरेशन र सिद्घकाली पावर लिमिटेड कम्पनी बीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुपसार डोङफाङले इन्जिनियरिङ प्रकुमेन्ट कन्ट्रक्सन विथ फाइनान्स (इपीसीएफ) मोडलमा आयोजना निर्माण गर्नेछ ।

नुवाकोट र धादिङ जिल्लाको सिमानामा निर्माण हुने ७५ मेगावाट क्षमताका त्रिशुली गल्छीमा जलविद्युत आयोजनामा २०७५ साल साउनबाट सुरु भई साढे ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल १५ अर्ब ५० करोड रुपैयाँ लागत भएको उक्त परियोजनामा चिनियाँ कम्पनीले ९ अर्ब ८३ करोड रुपैयाँ लगानी गर्नेछ ।

बाँकी रकम भने नेपाली लगानीकर्ताबाट संकलन गरी परियोजना निर्माण सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ । परियोजनाको सिभिल कार्य उक्त कम्पनीको साझेदार कम्पनी चाइना रेलवे ब्यूरो २ ले गर्ने भएको छ ।

त्रिशूली गल्छी जलविद्युत परियोजनाको जडित क्षमता ७५ मेगावाट भए पनि वर्षातको समयमा परियोजनाले ८२ दशमलव ५ मेगावाट सम्म विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ । चिनियाँ कम्पनीको लगानी परियोजना निर्माण सम्पन्न भई संचालनमा आएको २ वर्ष भित्र फिर्ता गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL