Logo

जलविद्युतमा ओहिरियो स्वदेशी पूँजी, ८ जलविद्युत आयोजनामा ५० अर्व लगानी

जलविद्युतमा ओहिरियो स्वदेशी पूँजी, ८ जलविद्युत आयोजनामा ५० अर्व लगानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पछिल्लो समय लगानीकर्ताहरु ऊर्जा क्षेत्रमा आकर्षित हुन थालेका छन् । हाल ऊर्जा क्षेत्रमा लगानी गर्ने क्रम बार्षिक रुपमा बढेको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार चालु आर्थिक बर्षमा ८ ओटा जलविद्युत आयोजना दर्ता भएका छन् । ती आयोजनामार्फत ५० अर्व रुपैयाँभन्दा बढीको लगानीको प्रतिवद्धता आएको छ । यो लगानी गत आवको सोही अवधिको तुलनामा ३ गुणा बढी हो । गत आवमा कुल १६ अर्व ९८ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको थियो ।

चालु आवको ४ महिनामा दर्ता भएका सवै जलविद्युत आयोजना स्वदेशी लगानीका रहेको विभागले जानकारी दिएको छ । जसमध्ये कालिकोटमा स्थापना गरिने भनिएको एससी पावर कम्पनी प्रालीमा सवैभन्दा बढी लगानीको प्रतिबद्धता आएको छ । सो आयोजना ४२ अर्व १० करोड ६६ लाख रुपैयाँमा लगानी हुनेछ । सो आयोजना सञ्चालनमा आएपश्चात ८० जनाले रोजगारी पाउने छन् । कालिकोटमा स्थपना हुने एससी पावर कम्पनीले २ सय ४० मेवा विद्युत उत्पादन गर्ने छ ।
त्यस्तै इलाममा सञ्चालन गर्न लागिएको सामलिङ पावर कम्पनी प्रालीमा १ अर्व ८२ करोडको लगानी प्रतिबद्धता आएको छ । कम्पनीको वार्षिक विद्युत उत्पादन क्षमता ९ हजार ८ मेगावाट रहेको छ । कम्पनीले ५२ जनालाई रोजगारी दिने छ ।

युनाइटेड मोदी हाइड्रोपावरको शाखा पर्वतमा स्थापना हुने भएको छ । १ अर्व ७५ करोड ५० लाख रुपैयाँ लगानीको सो आयोजना संचालनमा आउने लागेको हो । आयोजनाले ४२ जनालाई रोजगारी दिनेछ ।

यसैगरी पर्वतमै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको (मूल उद्योग) जलविद्युत आयोजना स्थापना गरिने भएको छ । बाग्लुङमा दरमखोला हाइड्रो इनर्जी प्राली सञ्चालन गरिने भएको छ । सो आयोजनामा १ अर्व २९ करोड लगानीको हुने छ । त्यसैगरी गोरखामा जलविद्युत आयोजना निर्माण गर्नेगरी ४ दशमलव ९८ मेवाको रिचेत जलविद्युत कम्पनी प्राली विभागमा दर्ता भएको छ । ८२ करोड ७१ लाख रुपैयाँको लगानीमा स्थापना हुने भनिएको सो आयोजनाले १६ जनालाई रोजगारी दिनेछ ।

ओखलढुुंगामा ८९ करोड ८१ लाख रुपैयाँको लगानीमा हिमस्टार उर्जा कम्पनी प्राली दर्ता भएको छ । सो कम्पनीले ५ मेवा विद्युत उत्पादन गर्ने छ । त्यस्तै दैलेखमा स्थापना हुने भनिएको दोल्ती पावर कम्पनी प्रालीले ४ दशमलव ५ मेवा विद्युत उत्पादन गर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL