Logo

अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन उद्घाटनको तयारी पुरा, फोटोफिचर

अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन उद्घाटनको तयारी पुरा, फोटोफिचर



काठमाडौं । नेपाल आयल निगमले मंगलबार उद्घाटन गर्न लागेको पेट्रोलियम पाईपलाइनको तयारी पुरा भएको छ । मंगलबार भारतको नयाँ दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उक्त पाईपलाईनको उद्घाटन गर्ने भएका हुन ।

भारतको मोतिहारीबाट नेपालस्थित बाराको अमलेखगञ्जसम्म ७२ दशमलव ५ किलोमिटर पाईपलाईनमार्फत मंगलबार देखि डिजेल नेपाल आउनेछ ।

मंगलबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने नेपाल आयल निगम अमलेखगञ्जले जानकारी दिएको छ ।

२०६१ सालमा नेपाल र भारतबीच रक्सौल अमलेखगञ्ज पाइपलाइनको सम्झौता भए पनि निर्माण अलमलमा परेको थियो । आइओसीले रक्सौलको पेट्रोलियम डिपोलाई मोतिहारी सार्ने तयारी थालेपछि पाइपलाइन पनि मोतिहारीबाटै बनाइएको हो ।

भारत सरकारको ४ अर्ब ४० करोड रुपैयाँ सहयोगमा निर्मित पाइपलाइन मोतिहारीबाट ६९ किमी छ । जसमा नेपालतर्फ ३७ र भारततर्फ ३२ किलोमीटर पर्छ । पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ नेपाल ल्याउन सकिन्छ ।

उद्घाटनका लागि नेपाल आयल निगमले नेपालतर्फको कार्यलयमा सबै तयारी पुरा गरेको जानकारी दिएको छ । यस्तै नेपाल आयल निगमको उक्त पाईपलाईनबाट हाल डिजेल मात्रै आएपनि आगामी दिनमा मट्टितेल, पेट्रोल र हवाई ईन्धन समेत ल्याउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL