Logo

सरकारको कोरोना कोषमा लक्ष्मी ग्रुपको १ करोड, फिभर क्लिनिक स्थापनाका लागि पनि सहयोग गर्ने

सरकारको कोरोना कोषमा लक्ष्मी ग्रुपको १ करोड, फिभर क्लिनिक स्थापनाका लागि पनि सहयोग गर्ने



काठमाडौं । व्यवसायिक घराना लक्ष्मी ग्रुपले कोरोना भाइरस रोगथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। नगद १ करोड रुपैयाँसँगै लक्ष्मी ग्रुपले फिभर क्लिनिक स्थापनाका लागि समेत आर्थिक सहयोग गर्ने भएको छ।

laxmi

विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा नेपालमा पनि यसको जोखिम बढेकोले नेपाल सरकारद्वारा स्थापित उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरस संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग गर्ने समेत कम्पनीले विश्वास लिएको छ।

लक्ष्मी ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगको लागि फिभर क्लिनिकहरु स्थापना गर्ने पहलसमेत गरेको छ। यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपलब्ध गराउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL