Logo

कोरोना असर ठूलादेखि घरेलू उद्योगसम्म, बिक्री हुन छाड्यो पाल्पाली ढाका

कोरोना असर ठूलादेखि घरेलू उद्योगसम्म, बिक्री हुन छाड्यो पाल्पाली ढाका



काठमाडौं । विश्वभर फैलिएको कारोना भाइसरका कारण पर्यटक व्यवसाय तथा ठूला उद्योग व्यवसायमा प्रत्यक्ष असर परेको बेला घरेलू उद्योग पनि धराशयी बन्न पुगेका छन् । उक्त भाइरसको असरका कारण पाल्पाका ढाका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको छन् ।

laxmi

लुम्बिनी र पोखराकोबीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेन अहिले सुनसान जस्तै बनेको छ । लुम्बिनी र पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल रहन्थ्यो । पर्यटक आउनेक्रम सुस्त भएसँगै यसको असर व्यवसायमा पुगेको हो । विशेष गरी पाल्पाली ढाका उद्योग र होटल व्यवसायमा सो भाइरसको संक्रमणबाट नराम्रो असर परेको सम्बद्ध व्यवसायी बताउँछन् ।

यहाँको पहिचानका रुपमा प्रख्यात ढाका उद्योगलाई कोरना भाइरसले असर पारेको पाल्पाली ढाका उद्योगी सागर महर्जन बताउछन । उनले भने, ‘कोरनाको सन्त्रासले ढाका उद्योगमा नराम्रो असर पुगेको छ । अहिले व्यापार व्यवसाय कम हुँदै गएको छ ।’ उत्पादन भएका ढाका कपडाका सामग्री बिक्री नहँुदा ब्यापारीहरु समय बिताएर बस्नुपरेको छ ।

ढाका खरिद गर्नकै लागि पर्यटक यहाँ आउने गर्छन् । तर अहिले भाइरसको सन्त्रासले विदेशी पर्यटकको चहलपहल हराउन थालेको छ । ढाका उद्योेगबाट उत्पादित विभिन्न सामग्री कोशेलीका रुपमा लैजाने चलन छ । विदेशी पर्यटकले ठूलो परिमाणमा ढाका कपडा खरिद गर्दा व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर हुन्छ । विदेशी पर्यटकको आवागमन नै कम हुन थालेपछि ढाका कपडाको व्यापार व्यवसायमा कमी आएको व्यवसायी मनोज पौडेलले बताए ।

उनले भने, ‘कोशेलीका रुपमा धेरैजसो ढाका कपडाबाट उत्पादित सामग्री बाह्य पर्यटकले खरिद गर्ने हुँदा व्यवसायी उद्योगीलाई राम्रो आम्दानी आउँछ, कोरोना भाइरसको प्रभावले अहिले व्यापार नै चौपट हुने अवस्थामा छ ।’ ठूलो लगानीमा उद्योग व्यवसाय सञ्चालन गरेका व्यक्ति व्यापारमा सुस्तता आउँदा मारमा परेका छन् । भाइरसले ढाका उद्योग, होटल व्यवसायसँगै हस्तकलाका उद्योग, विभिन्न साना तथा ठूला व्यवसाय प्रभावित बनेको छ ।

पर्यटकको बाक्लो उपस्थितिले होटल रेस्टुराँ भरिभराउ हुन्थे । विगत एक महिनायता सुनसान जस्तै छ । भाइरसका कारण जिल्लाका ठूलासाना सबैजसो उद्योग, व्यापार व्यवसाय प्रभावित बन्न पुगेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं होटल व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ जानकारी दिएका छन । उनले भने, ‘व्यापार व्यवसाय नै कम भएपछि आयस्रोत नै अत्यन्त न्यूनमात्रामा छ, बाह्य पर्यटकले गर्दा ठूला व्यापार व्यवसाय, उद्योगमा सहयोग पुगेको थियो ।’ व्यापार कम हुँदा मासिक भाडा तिर्न व्यवसायीलाई समस्या भइसकेको श्रेष्ठले बताए ।

सदरमुकाम तानसेनमा पनि हिजोआज अत्यावश्यक कामकाजका मात्र मानिस पुग्ने गर्छन् । घुमघाम गर्न जाने पर्यटकको चहलपहलले बजार गुञ्जायमान हुन्थ्यो । तर अहिले भने अति आवश्यक कामबाहेकका व्यक्ति कोही नभित्रिँदा सदरमुकामको वातावरण सुनसानमय बनेको छ । तानसेनको टुँडीखेल मैदान, श्रीनगरडाँडा, नेपालको ताजमहलका रुपमा रहेको रानीमहल दरबार, भैरवस्थान मन्दिरलगायतका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटकको चहलपहल कम छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL