Logo

टाटा नेक्सनका सबै भेरियन्टलाई फाइभ स्टार रेटिङ, बन्यो सेफ्टी रेटिङ प्राप्त गर्ने पहिलो र एकमात्र कार

टाटा नेक्सनका सबै भेरियन्टलाई फाइभ स्टार रेटिङ, बन्यो सेफ्टी रेटिङ प्राप्त गर्ने पहिलो र एकमात्र कार



काठमाडौं । टाटा मोटर्सको सबैभन्दा मनपराइएको सब-कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षा सम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एकमात्र कार हो ।

laxmi


ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रकचर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आकलन गरिएको थियो। कारको दुवै फ्रन्ट र साइड इम्प्याक्टहरूको पनि परीक्षण गरिएको थियो। ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मूल्यांकन अंकमा भारतीय बजारका सबै गाडीका मोडलहरूमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर (१६.०७ र १७.००) प्राप्त गर्दै पूरै फाइभ स्टार रेटिङ प्राप्त ग¥यो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्री राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । डुअल फ्रन्टल एअरब्यागहरू र प्रिटेन्सर सहितको सिटबेल्टहरू तथा लोड लिमिटर जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई पूर्ण सुरक्षा प्रदान गर्दछ ।


टाटा नेक्सनले प्राप्त गरेको पछिल्लो उपलब्धि बारे बाल्दै टाटा मोटर्स, प्यासेन्जर भेइकलका प्रमुख सुजन रोयले भने–‘आजको समयमा ग्राहकहरूले सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण मापक मान्दछन्। ग्लोबल एनक्यापबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा रेटिङ टाटा नेक्सनले प्राप्त गर्दा हामी एकदमै खुसी छौँ । ग्लोबल एनक्यापको गरेको परीक्षणमा प्राप्त सफलता भनेको सुरक्षालाई सधैँ पहिलो प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो ।’


यो नतिजासँगै टाटा नेक्सन भारतमा पूरै फाइभ स्टार रेटिङ पाउने पहिलो कार बन्न सफल भएको छ र कार सेफ्टीमा टाटा नेक्सन सबैभन्दा सुरक्षित कारका रुपमा अगाडि आएको छ । ऐरोडाइनमिक सिलुएट भएको टाटा नेक्सनको स्पोर्र्टी डिजाइन रहेको छ । टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ( एक्सई, एक्सएम, एक्सटी, एक्सजेड प्लस तथा एक्सजेडए र पाँचवटा रङ्गहरू रातो, नीलो, सिल्भर, ग्रे र सेतोमा उपलब्ध छ । टाटा नेक्सनको वारेन्टी ७५ हजार किलोमिटर वा दुई वर्ष ( जुन पहिले आउँछ) रहेको छ ।


टाटा मोटर्स ४४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । नेपालमा टाटाका गाडीहरुको विक्री सिप्रदी टेड्रिङ्गले गर्दै आएको छ । सन १९८२ देखि टाटा मोटर्सको एकमात्र बिक्रेता भएको सिप्रदी टेड्रिङ्ग क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ प्रमाणित कम्पनी हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ । टाटा मोटर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रीवितरण गर्न सिप्रदीको नेपालभर ३० वटा बिक्री कार्यालयहरु र ५१ वटा सर्भिस सेन्टरहरू रहेका छन् । साथै देशभर ३०० वटा स्पेयर आउटलेटहरू रहेका छन् । सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो।

प्रतिक्रिया दिनुहोस्
MBL