Logo

पश्मिनाको व्यापार भारतसँग बढ्यो, चीनसँग ३६ प्रतिशतले गिरावट

पश्मिनाको व्यापार भारतसँग बढ्यो, चीनसँग ३६ प्रतिशतले गिरावट



काठमाडौं । भारतसँग पश्मिनाको निर्यात उच्च बढेको छ । नेपालमा उत्पादन हुने पश्मिनाको भारतीय बजारमा अघिल्लो आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा निर्यात बढेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको तथ्याङ्क अनुसार बैशाखसम्म अघिल्लो बर्षको तुलनामा निर्यात ७८ दशमलव ३ प्रतिशतले बढेको हो ।

अघिल्लो बर्षको सोही अवधिमा पश्मिना निर्यातमा १८ दशमलव ८ प्रतिशतको गिरावट आएको थियो । अघिल्लो बर्षको बैशाखसम्म जम्मा ५ करोड ८१ लाख रुपैयाँ बराबरको पश्मिना निर्यात भएकोमा चालु आर्थिक बर्षको बैशाखसम्म उक्त संख्या बढ्दै १० करोड ३६ लाख रुपैयाँ बराबरको पश्मिना निर्यात भएको हो । निर्यात हुने बस्तुको माथिल्लो सुचीमा रहेको पश्मिनाको व्यापार भारतसँग बढेपनि चीनलगायत अन्य देशहरुसँग भने खस्किदो छ ।

चालु आर्थिक बर्षको बैशाखसम्म चीनसँगको पश्मिना निर्यातमा भने गिरावट आएको छ । गत बर्षको तुलनामा चालु आबमा चीनसँग हुने पश्मिना निर्यातमा ३६ दशमलव ३ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आबमा १ सय ६६ प्रतिशतले वृद्धि भएको चीनसँगको निर्यात यो बर्षको बैशाखमा भने घटेर जम्मा ४ करोड रुपैयाँ बराबरमा पुगेको छ । गत बर्षको सोही अवधीमा नेपालबाट चीनतीर ६ करोड ३७ लाखको निर्यात भएको थियो ।

यस्तै अन्य देशसँग हुने पश्मिनाको व्यापार पनि १२ प्रतिशतले घटेको छ । अघिल्लो बर्ष ११ प्रतिशतले घटेको पश्मिनाको व्यापार यो बर्ष १२ प्रतिशतले गिरावट आउँदा १ अर्ब ४९ करोड रुपैयाँमा पुगेको छ । अघिल्लो बर्षको बैशाखसम्म १ अर्ब ७० करोडको पश्मिना निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL