काठमाडौं । मंगलबार निषेधाज्ञा जारी भएका क्षेत्रका बैंकका शाखा कार्यालयहरु बन्द रहेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले निषेधाज्ञा जारी भएका क्षेत्रमा र आसपासका स्थानमा बैंकका शाखा बन्द रहेको जानकारी दिए । उनले बिजखबरलाई भने, ‘निषेधाज्ञा जारी भएको क्षेत्रमा बैंकका शाखा नखोल्ने निर्णय भएको छ । सोहीअनुसार ती स्थानका शाखा बन्द भएका छन्…