Logo

नेपालमा विकासे आयोजनाको प्रगति निराशाजनक, लक्ष्य कार्यान्वयनमा लाग्न एडीबीको जोड

नेपालमा विकासे आयोजनाको प्रगति निराशाजनक, लक्ष्य कार्यान्वयनमा लाग्न एडीबीको जोड



काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा विकासे आयोजनाको प्रगति निराशाजनक भएको बताएको छ । बुधबार एडिबीको त्रिपक्षीय पोर्टफोलियो रिभ्यु मिटिङमा १० महिनामा ५० प्रतिशत प्रगति भएको बताईएको हो ।

laxmi

एडिबी नेपालका निर्देशक मुख्तर खामुद्खानेभले विभिन्न आयोजनाको प्रगति १० महिनामा ५४ प्रतिशत र खर्च ५५ प्रतिशत मात्रै भएका बताएका हुन । उनले विभिन्न ३१ परियोजना र २ ऋण कार्यक्रममा पछिल्लो १० महिनामा २२ करोड ७५ लाख डलर (२५ अर्ब ९१ करोड रुपैयाँ) विनियोजन गरेको जानकारी दिए । उनले उक्त आयोजनामध्ये अक्टोबर ३१ सम्म ५४ प्रतिशत आयोजनाको ठेक्का लागेको र ५५ प्रतिशत आयोजनाको लागि खर्च विनियोजन भएको बताए ।

नेपालमा विकासे आयोजनाको लक्ष्य हासिल गर्न सम्बन्धित सरोकारवालाहरुले विशेष जोड दिनुपर्ने एडीबीले औंल्याएको छ । कार्यक्रममा बोल्दै अर्थसचिव राजन खनालले विकासे परियोजनाहरु समयमै सम्पन्न गर्न परियोजनाका सरोकारवालाहरु लागिपर्नु पर्नेमा जोड दिएका छन । अन्य आयोजनाहरुको खर्चको प्रगति भनेअनुसार नभएपनि गौतम बुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको प्रगति लक्षय अनुरुप भएको बैंकले उल्लेख गरेको छ ।

एशियाली विकास बैंकले हालै नेपालसँग ३ क्षेत्रमा प्राथमिकता दिनेगरी कन्ट्री पार्टनरशिप स्ट्राटेजी २०२०–२०२४ स्वीकृत गरेको छ । उक्त नयाँ रणनिति अन्तर्गत एडीबीले सन २०२० देखि २०२२ सम्म निजी क्षेत्रको पूर्वाधार विकास, विकासमा पहुँच वृद्धि र दिगो वातावरणीय विकासमा ५० करोड देखि ६० करोड डलर खर्च गर्ने बताएको छ । उक्त खर्चले विकासे परियोजना समयमै सम्पन्न गर्न सहयोग पुग्ने एडीबीले जानकारी दिएको छ । एडीबीले स्थापनाकालयता नेपालमा ६ अर्ब डलर बढी आर्थिक सहयोग प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL