Logo

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा दोलखाको बाघखोरमा

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा दोलखाको बाघखोरमा



काठमाडौं । सिटिजन्स बैंकले आफ्ना शाखारहित बैकिङ सेवा दोलखाको देउराली, बाघखोरमा संचालनमा ल्याएको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखा रहित बैंकिङ सेवा विस्तार गरेको हो । बैंकले असार ३ गतेबाट १०४ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।

laxmi

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एवं बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले ४९ लाख रुपैयाँ , विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख तथा विभिन्न संघ संस्थालाई ६ लाख रुपैयाँ गरि हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL