Logo

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिकलाई सहयोग, ट्राफिक जनचेतनाका लागि उपयोगी ट्राफिक पोल हस्तान्तरण

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिकलाई सहयोग, ट्राफिक जनचेतनाका लागि उपयोगी ट्राफिक पोल हस्तान्तरण



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ ।

laxmi

बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई उक्त ट्राफिक पोलहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ढकालले बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुरयाउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताए ।


बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । उक्त अवसरमा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक जितेश दाहाल र बंैक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL