Logo

मेगा बैंक र दराजबीच सम्झौता, दराजमार्फत सामान खरिद गर्दा १० प्रतिशत छुट

मेगा बैंक र दराजबीच सम्झौता, दराजमार्फत सामान खरिद गर्दा १० प्रतिशत छुट



काठमाडौं । मेगा बैंक र दराज डटकमबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंककका ग्राहकले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

laxmi

लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने गरि सम्झौता भएको हो । सम्झौताअनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले दराजबाट सामान खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् ।

डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी बैंकले दराजसँग सम्झौता गरेको बैंकले जानकारी दिएको छ । दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL