Logo

कुमारी बैंकद्धारा कोरोना कोषमा सहयोग, प्रत्येक प्रदेशलाई १०–१० लाख दिने

कुमारी बैंकद्धारा कोरोना कोषमा सहयोग, प्रत्येक प्रदेशलाई १०–१० लाख दिने



काठमाडौ । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशबाट १० लाखको दरले बैंकले कूल ७० लाख रुपैयाँको सहयोग पुर्याउने भएको छ ।

laxmi

सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पुर्याउने भएको हो । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएकोहो ।

सो सहयोग मार्फत कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अति विपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंक विश्वस्त छ । यही चैत्र १८ गते मंगलबारका दिन बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरेका हुन ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL