Logo

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच सम्झौता, विदेशबाट पठाएको पैसा बैंकमार्फत पाईने

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच सम्झौता, विदेशबाट पठाएको पैसा बैंकमार्फत पाईने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफर प्रालीबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि दुई निकायबीच सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता अनुसार अब म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । उक्त किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा एटिएम र १ सय ३ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई बैंकिङ सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL