Logo

एकैदिन काठमाडौंका ६ स्थानमा एनआईसी एशियाका नयाँ शाखा विस्तार

एकैदिन काठमाडौंका ६ स्थानमा एनआईसी एशियाका नयाँ शाखा विस्तार



काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन विभिन्न स्थानमा ६ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार विभिन्न कार्यक्रमको आयोजना गर्दै काठमाडौंका विभिन्न स्थानमा उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

बैंकले काठमाडौंका बोहोराटार, कलंकीको खसीबजार, माछापोखरी, नरेफाँट, पुतलीसडक र स्वयम्भुमा आफ्ना नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । उक्त शाखाहरुको उक्त वडाहरुका विभिन्न पदाधीकारीहरुले उदघाटन गरेका थिए ।

बैंकले हाल देशभर ३ सय ११ शाखा, ४ सय ३ एटिएम, ९५ एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL