Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, कपडा बैंकलाई वासिङ मेसिन हस्तान्तरण

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, कपडा बैंकलाई वासिङ मेसिन हस्तान्तरण



काठमाडौं । ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा एक सय ग्रुपको संयुक्त सहकार्यमा स्थापना भएको कपडा बैंकलाई एक थान वासिङ मेसिन प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा मुख्य शाखाका प्रबन्धक रोशन थापा तथा नवजीवन परोपकार समाजका सचिव दिपकराज जोशी तथा १ सय ग्रुपका कार्यक्रम संयोजक बब्लु गुप्ताको सहभागिता रहेको थियो ।

समाज र ग्रुपले संयुक्त सहकार्यमा काठमाण्डौ तथा ललितपुरको विभिन्न स्थानहरुमा कपडा बैंक स्थापना गरी जम्मा भएका पुनः प्रयोग गर्न मिल्ने कपडाहरुलाई सफा तथा मर्मत गरी गरिब जनताहरुकोबीचमा पुर्याउने अभियान थालनी गरेको हो । सो कार्यलाई आवश्यक वासिङ मेसिन बैंकले उपलब्ध गराएको हो ।

बैंकले १०२ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ४३ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
MBL