Logo

ग्लोबल आइएमई बैंकका थप १० शाखारहित बैंकिङ सेवा संचालनमा, सेवा संख्या १९४ पुग्यो

ग्लोबल आइएमई बैंकका थप १० शाखारहित बैंकिङ सेवा संचालनमा, सेवा संख्या १९४ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बागलुङ, बैतडी, म्याग्दी लगायत १० जिल्लामा बैंकले आफ्ना नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै बाग्लुङको ताराखोला गाउँपालिका स्थित अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा, बैतडी जिल्लाको पुर्चाैडीमा, बाग्लुङ जिल्लाको जैमीनी, म्याग्दी जिल्लाको रघुगंगा, मकवानपुर जिल्लाको बागमती र रोल्पा जिल्लाको रोल्पा नगरपालिकामा उक्त सेवा संचालनमा ल्याएको हो ।

उक्त १० वटै शाखारहित बैंकिङ सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका हुन । थप १० वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १ सय ९४ पुगेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, अन्य सेवाको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This