Logo

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. खरेल राष्ट्र बैंक फर्किएसँगै सम्हाले अनुसन्धान विभागको जिम्मेवारी

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. खरेल राष्ट्र बैंक फर्किएसँगै सम्हाले अनुसन्धान विभागको जिम्मेवारी



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाका आर्थिक सल्लाहकार डा. रामशरण खरेलले आजबाट नेपाल राष्ट्र बैंकमा काम गर्न सुरु गरेका छन् । खतिवडा अर्थमन्त्री भएसँगै राष्ट्र बैंकबाट अर्थमन्त्रालय काजमा गएका खरेलले आजबाट पुनः राष्ट्र बैंकमा फर्किएर काम सुरु गरेका हुन् ।

अर्थमन्त्रीको सल्लाहकार भएकै समयमा निर्देशकमा बढुवा भएका खरेलले राष्ट्र बैंक फर्किएपछि अनुसन्धान विभागको जिम्मेवारी सम्हालेका छन् । उनले राष्ट्र बैंकको महत्वपूर्ण विभागमध्येको सो विभागमा आजैदेखि निर्देशकको रुपमा जिम्मेवारी सम्हालेका हुन् ।

खरेलले विगत १६ महिनादेखि अर्थमन्त्री डा. खतिवडाको प्रमुख आर्थिक सल्लाहकारका साथै निजी सचिवालयको महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनी अर्थमन्त्रीको निजी सचिवालय आउनुपूर्व राष्ट्र बैंकको विराटनगर कार्यालयका उप निर्देशक थिए । अर्थमन्त्रालयले साउन १ गतेदेखि उनको काज फिर्ता लिएपनि उनले जिम्मेवारी भने आजैदेखि मात्रै सम्हालेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL