Logo

सनराइज बैंक र बैक अफ चाइनाबीच सम्झौता, निर्यात ब्यापारमा सहयोग

सनराइज बैंक र बैक अफ चाइनाबीच सम्झौता, निर्यात ब्यापारमा सहयोग



काठमाडौं । सनराइज बैंक तथा बैक अफ चाइना गान्सु शाखाबीच सम्झौता भएको छ ।

चीनको गान्सु प्रान्तले काठमाडौंमा एक कार्यक्रमकाबीच गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको सहभागितामा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइनाका नायब महाप्रवन्धक वाङ्ग झेजुनले हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि नेपाल तथा चीनका बैंकहरुबीच आपसी सहयोग, समानता तथा दुईपक्षिय हितका कार्यहरु अघि बढाउने भएको छ । साथै विद्यमान नियम र कानूनको परिधिभित्र रहि सिद्धान्त र आवश्यकताको आधारमा अन्तरराष्ट्रिय व्यापारको लागि बैंकहरुबीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने भएको छ ।

सनराइज बैंकको यस अघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तरराष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत भएको छ ।

दुई बैंकबीच आपसी कारोबारको लागि नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्यटोलि समेत बनाउने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL